साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गृहमन्त्रीको ट्रिपल जम्प

Nepal Telecom ad

सबैले भन्छन्, हाम्रो सुशील सरकार साह्रै सुस्त छ, सुतिरहन्छ । त्यस्तो सुताहा सरकारका गृहमन्त्री भने सुत्दैै सुुत्दैनन् । सधैं दौडाहामा हुन्छन् । हतारमा हुन्छन् । भर्खरै उनले राजधानीको मुटु रत्नपार्कको माझ सडकमा ट्रिपल जम्प हानेर तीनवटा रोड डिभाइडरलाई फुतफुती नाघेछन् । यो घटनालाई सञ्चार माध्यमहरूले अतिरञ्जित गर्दै गृहमन्त्रीको असभ्यता र नियम उल्लंघनको घटनाका रूपमा खुब आलोचना गरे । सुरु सुरुमा त मलाई पनि मन्त्रीज्यूूले त्यति ठीक काम गरेको जस्तो लागेको थिएन । तर, उनले फेसबुकमा नकारात्मक टिप्पणी गर्ने राजु साह नामका आफ्नै कर्मचारीलाई समातेर थुनेपछि भने म पनि थर्कमान भएँ र हत्तपत्त आफ्नो धारणा सच्याएँ ।

मेरो नयाँ धारणा अनुसार गृहमन्त्रीले ट्रिपल जम्प हानेर जनतालाई कसरी सडक पार गर्नुपर्छ भनेर सिकाएका हुन् । गृहमन्त्रीजस्तो नियम–कानुन कार्यान्वयन गराउने मुख्य व्यक्तिले गरेको ट्रिपल जम्पलाई नकारात्मक रूपमा टिप्पणी गर्नेको के हाल हुन्छ भन्ने कुरा राम्ररी बुझेपछि मैले उक्त विषयमा लेखेको व्यङ्ग्यात्मक झटारो गायब बनाएँ । फेसबुकमा एक लाइन टिप्पणी लेख्दा गृहकै कर्मचारीले त कठघरामा जानुप¥यो भने एक पानै छापिएको भए मेरो के हालत हुन्थ्यो होला ? त्यसैले आइन्दा गृहमन्त्रीज्यूको व्यक्तित्वमाथि व्यङ्ग्य हुने गरी कुनै टीकाटिप्पणी नगर्ने कसम खाँदै उनको पक्षमा यो मन्तव्य जारी गरेको हुँ ।

गृहमन्त्रीले प्रेस विज्ञप्ति नै जारी गरेर गलत मनसायले त्यसरी ट्राफिक नियम उल्लंघन नगरेको बताइसकेपछि र पत्रपत्रिकामा छापिएको ट्रिपल जम्प हान्दै गरेको आफ्नो तस्बिर हेर्दा अलि अशोभनीय काम पो गरिएछ कि जस्तो लागेको भनेर शङ्का व्यक्त गरिसकेपछि अब त्यो सामान्य घटनालाई कोट्याइराख्नु जरुरी छैन । हामीले बुझ्नुपर्छ, उनले मनसाय शुद्ध राखेर मात्रै नियम मिचेका रहेछन् । त्यसैले गृहमन्त्रीको विज्ञप्तिबाट सबैले पाठ सिकौं । नियम उल्लंघन गर्नु नै छ भने पनि मनसाय खराब नराखी गरौं ।

ड्राइभर सा’बहरूले पनि अबदेखि कहिलेकाहीँ माझ सडकमा गाडी रोकेर यात्रुलाई ओराल्दा हुन्छ । प्रहरीले सोध्यो भने “मेरो मनसाय यहाँ गाडी रोक्ने पटक्कै थिएन, यात्रुले जबरजस्ती रोक्न लगाएकाले रोकेको हुँ । अहिले विचार गर्दा माझ सडकमा यसरी गाडी रोक्नु अलि अशोभनीय पो भयो कि क्या हो ?” भन्नू । माफी पाइन्छ ।

लुटपाटको काण्डमा पर्नेले पनि भन्नू, “मैले लुटपाट त गरेकै हो तर यसरी लुटपाट गर्ने मनसाय चाहिँ थिएन । काम गर्न अल्छी लागेकाले मात्रै लुटेको हुँ । मैले अलि अशोभनीय काम पो गरेछु कि !” बस्, तपाईं छुटिहाल्नु हुनेछ । कुरै खत्तम ।

“मैले पाकेट मारेकै हो तर मेरो मनसाय पाकेट मार्ने थिएन । एक जना यात्रुले पछाडिको खल्तीमा देखिने गरी नगद बोकेको रहेछ, बाध्य भएर मैले त्यो तान्नुपरेको हो । मैले अलि अशोभनीय काम गरेँ कि क्या हो ?” पाकेटमारालाई यो टिप्स उपयुक्त हुन सक्छ ।

अन्तमा, बाहिर नआएको एउटा समाचार पनि छ । गृहमन्त्रीज्यूले ट्रिपल जम्प हान्दा उनको सुरुवाल उध्रिएको देखेर नजिकै ड्युटी गरिरहेका एक ट्राफिक प्रहरी तत्काल मूच्र्छा परेछन् । मन्त्रीको अपमान गर्ने ती जवानलाई पनि गृह मन्त्रालयले खोजी गरिरहेको छ भन्ने सुन्नमा आएको छ ।

‘नेपाल’ २०७१ असार १

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x