साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ता

Nepal Telecom ad

देशलाई बदल्छु भनेर
कसम खानेहरूले
एकाएक बदलेका छन्
आफ्नो जुत्ता
जुत्ताको रंग छ कालो
विश्वासघातको रंग पनि
कालो नै हुन्छ
र काला रातहरूमा
उत्सव मनाउँछन्

दलाल, पाखण्डी, भाट,
बेइमान र जुवाडेहरू
दुष्ट जादुगरले
उचाल्यो चमत्कारिक लठ्ठी
घुमायो वायुमण्डलमा
र हामीले हेर्दाहेर्दै गायब भयो
यो देशको शरीरबाट
सबभन्दा नरम छाला
त्यसपछि सफल षड्यन्त्रकारी
र त्यसका अनुचरहरूले लगाए
त्यही छालाबाट निमिर्त
जुत्ता
आजभोलि जताततै
काला जुत्ताहरूले कुल्चिरहेका छन्
पहाड, उपत्यका र तराईको करङ
यही करङलाई भर्याङ बनाएर
पुगेका छन् जुत्ताधारीहरू
सबभन्दा माथिल्लो तलामा
एउटा विशाल कक्षमा
सजाएर राखिएको छ स्वर्णासन
जसको दुवैतिर तैनाथ छन्
हिंस्रक वनमानुषहरू
बन्दुक र बर्दीमा
अब दृश्य परिवर्तन हुन्छ
कृपया ध्यान दिनोस्
कविताका मेरा प्रिय पाठकहरू !
हाम्रो शिरमाथि चढेर
एकजोर कालो जुत्ता
घोषणा गर्दैछ सगर्व
–देशबासीहरू हो
हामीले कसम पूरा गरेका छौं
यो देशलाई पूरै बदलेका छौं ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x