साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाटोको बाछिटा

Nepal Telecom ad

म सोचिरहेछु
घरका आँखीझ्यालबाट ओर्लिरहेका सपनाहरूलाई
रहरका झोलाहरूमा बोकेर दौडिरहने यो बाटोले
कहाँ पुगेर बिसाउला–
किसिम किसिमका विचारहरूको भारी !
र, चढाउला– निधारभरि फुलेका पसिनाका फूलहरू !
कति बग्यो होला यो बाटोमा
खस्दै/फुट्दै गरेको घाम !
निदाउँदै/ब्युँझँदै गरेको जून !
हाँस्दै/रुँदै गरेको खण्डहर समय !
मेरी आमाले सत्यको वकालत गर्ने
भगवानहरूको आँगन ठाने पनि,
पहाडहरूले दुःखको एक धर्को छाया अड्याउने
लामो रुमाल भने पनि
मलाई यो बाटो
कलिला नानीहरूको पाठशालाजस्तै लाग्छ
जहाँ, फूलको कसिङ्गर बढार्दै
बलौटे माटोको चप्पल लगाएर
माटाकै घर बनाइरहेछन् नानीहरू
र, पढिरहेछन्–
‘क’ बाट कविता
‘ख’ बाट खरीपाटी
‘ग’ बाट गन्तव्य …!
झरी परिरहेछ– आदिम सभ्यताको
बाटोको बाछिटाले भिजिरहेछ–
चेतनाको मन्दिर !
मलाई नरोक, म जान्छु
सानो बालकजस्तै टुकुटुकु हिँडेर
यो बाटैबाटो जान्छु
मैले साँझ पर्नुभन्दा अगाडि
आज यही बाटोमा भेट्नु छ–
श्रमका गीतहरू गाउँदै
शिखर चढिरहेको यो देश !

भर्खरै बजारमा आएको कृति ‘गीतैगीतको गाउँ’ कवितासङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x