सुलसुलेआरम्भको बहुभाषिक काव्यगोष्ठी
काठमाडौं, घट्टेकुलोस्थित सामुदायिक सेवा भवनको सभाकक्षमा शनिबार आरम्भ साहित्य मञ्चको आयोजनामा बहुभाषिक रोपाई विशेष काव्यगोष्ठी सम्पन्न भएको छ ।
आरभ्मका अध्यक्ष प्रेम वलीको सभापतित्वमा सम्पन्न काव्यगोष्ठीका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति वैरागी काइँलाले किसानले धान रोपाइँ गरे झैं साहित्यकारले कविता रोप्नुपर्ने आवश्यकता औल्याउँदै कवि परिर्वतनका संवाहक भएकाले समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण भूमिका रहने गरेको बिचार व्यतm गर्नुभयो ।
गोष्ठीका अर्का विशिष्ट अतिथि साहित्यकार तथा पूर्व अर्थमन्त्री एस्पी कोइरालाले अहिले नेपाली समाजमा नयाँ स्रष्टा बढ्न थालेकोमा प्रसन्नता व्यक्त गर्दै कविताको प्रवृतिबारे आप्mना धारणा राख्नु भएको थियो ।
रोपाइँ दिवसको अवसर पारेर राखिएको बहुभाषिक काव्यगोष्ठीमा ऋचा, निर्मलकुमार रिमाल, मेदिनीकुमार केवल, राजेश चोच्छे, सुशिला खडका, उदयचन्द्र दास, बेटी बज्राचार्य, नरेन्द्रराज पौडेल, खगेन्द्रा खुश्बु, पवित्रा घिमिरे, जीवराज घिमिरे, जनार्दन अधिकारी, ईश्वरी कार्की, विजय विश्वास, जीवराज बुढाथोकी रसिक, प्रेम ओली, प्रभाकर पाण्डे, जयन्ता पोखरेल, भिजन गुरागाइँ, दामोदर नेपाल, बुद्धि मोक्तान, लक्ष्मण गामनागे, मनिराज सिंह, वामदेव शर्मा, चट्याङ मास्टर, एटम बिद्रोही, ललिता दोषी, कालीदास, स्मिता श्रेष्ठ, प्रीति कौर, प्रविण भन्डारी, डम्बर घिमिरे, सरस्वती गौतम, केशवराज निश्चल, लक्ष्मी प्रसाइँ लगायतका ४ दर्जनभन्दा बढी स्रष्टाले नेपाली, हिन्दी, अवधी , मैथली, संस्कृत, हुम्ली र नेपाल भाषामा, कविता, गीत, गजल मुतmक प्रस्तुत गरेका थिए ।
अतिथि लक्ष्मण गाम्नागे, कालीप्रसाद पोखरेल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा वाचन गरिएका रचनाको समीक्षा प्रेस युनियनका पूर्व अध्यक्ष मुरारीकुमार शर्माले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रधुनाथ अधिकारीले गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































