साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुँदी रम्घा र म

Nepal Telecom ad

ए भानु आऊ
घर हँसाउन
तिमीलाई सम्झेर
धर्तिमा
कविता उमारिरहेछु
चुँदीको जङ्घारमा
सृजनाका फूलहरू
तिम्रै घाँसी कुवामा रोपिरहेछु
कवि बन्ने रहरमा
सम्झनाहरूमा
मसीका नदीहरू उम्लिरहेछन्
भोको पेट लिएर
रम्घाको सिँढी चढिरहेछु
भाषाको सारङ्गी रेटेर
यतिबेला भाषामा पहिरो गएको छ
मन उद्ेवलित हुन्छ
त्यसैले भनिरहेछु
आँगनको पर्खालमा बसेर
ए भानु आऊ !
घर हँसाउन
म अघि बढिरहेछुु
डुम्रे बजार हुँदै
तिम्रो संघार चुम्न
आशको सपना लिएर
चुँदी टेकीरहेछु
निठ्ठुर समाज विरुद्ध
धावाबोल्दै
तिम्रो ऊषासँगै
अघि सरी
कविता उनीरहेछु
रम्घाको चौतारीमा
बर्बरी फूलहरू रोइरहेछन्
तिम्रो अभावमा
हिँडेपछि यात्राहरूमा
तिम्रै बाटो रोज्दै
मर्स्याङ्दी नदीको किनारै किनार
आङ तन्काएर
म अगाडि बढीरहेछु
उवाको सातु खाँदै
लुटाहाहरू विरुद्ध
बन्दुक पड्काइरहेछु
घाँसीको घँसियाले बुझेको
देश बोकेर म
लम्किरहे छु
तिम्रै यात्रामा
गाँजा पिएर हिँड्नेहरू
भाषाका कुरा गरिरहेछन्
मुटु छचल्किएर पानी बगाउँछ
बाढीझैं म बन्दुक लिएर
भानु टेकिरहेछु
मानवीय उर्लनसँगै
तिम्रो बाँसुरी बजाइरहेछुु
चिनुको भारी बोकेर
रौद्र सागर बगाउँदे
भाषिक आतङ्कलाई पिटेर
खारिएको लिपि समाउँदै
विजयी क्रान्तिकारी बन्न
चुँदी आइपुगेको छु
ए भानु आऊ
भाषाका तरङ्गमा सुसाई
भासिँदै गएको सहरमा
तिम्रो बाजा गम्केको छ
यसपाली पनि
विक्षिप्त र विभाजित छ घर
घनश्यामझैं छाइदिएर
चाँदीको घेराझै फैलिएर आऊ भानुु !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x