साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु यो देशका गौरव

Nepal Telecom ad

भानू–भक्त भनी महान कविको, श्रद्धा यहाँ गर्दछु,
यी साहित्य–सपूत जानि उनकै, कोव्यैमहाँ रम्दछु ।
घाँसीका सुनि वात नाम् भुवनमा, राख्नै त इच्छा गरी
लेखे धेरथरी ति छन्द कविता, बाँचे ल पृथ्वी भरी ।।१।।

मान्छे पण्डितकै सुनेर ति कथा, भज्थे यहाँ रामको
नेपाली रचना, नपाइ पढनै, गर्थे कुरा – धामको ।
त्यो रामायण जो थियो उ रचना, हो वाल्मिकीको पुरा
उल्था त्यै गरि ग्रन्थको सरल पो, भाषा बनायौ छुरा ।।२।।

जम्मै काव्य त लेखियो नि रसिलो, जो छन्दमा देखियो,
उल्था काव्य कथा नलेखि अरुको, आफ्नो पनि लेखियो ।
शिक्षा त्यो वधुको थियो, अनि थियो, त्यो भक्तमाला भनि,
मुद्दा जेल सबै सहेर तनमा, कान्ती–पुरीको पनि ।।३।।

ऊँचो मानव भानुकै सरि यहाँ, देखिन्न कोही कवि,
साहित्यै नभमा उदाए जसरी, देखिन्छ उज्वल रवि ।
जन्मे ती कवि भानुभक्त उनको, गाऊँ त रम्घा छ नि,
आचार्यै थरका कुलीन घरका, मान्छे रहे तापनि ।।४।।

सेवामा जनका बिताइ उनले, बाँडेर नौला कला
घोकिने घरमै मिलेर तिनको, श्लोकै निखारी गला ।
लेख्थे छन्द कविता छ मूख्य पनि, जो शार्दूलविक्रीडितै
त्यो रामायणको पढिन्छ कविता, मीठो छ यो छन्दमै ।।५।।

मोतीराम र लक्ष्मी–आदिकवि नै, ठूला भनी ठान्दथे,
धर्मैराज्, सम, लेखनाथ, धरणी, शम्भूहरू मान्दथे ।
नेपालीहरूका – विभूति भनि जो, त्यो राष्ट्रकै सौरभ
नेपाली मनमै रमाइ बस लौ, यो देशका गौरव ।

आँपपिपल– ७, गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x