साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाइ कर नलाऊ

Nepal Telecom ad

बोल्नु बोलेँ
भन्नू भनेँ
खुलेरै सुनाएँ मनका कुरा
र पत्याएँ पनि तिम्रा कुरा
आजित भएको छु आज
सुन्नु सुनाउनु ब्यर्थ लाग्दैछ
बोलिको धर्म मरेछ
मलाइ अब बोल्नै मनै छैन
कृपया मलाइ कर नलाऊ ।

मान्नु मानेँ
झुक्नु झुकेँ
बुझेरै इज्जत दिएँ तिम्रो नेतृत्वलाई
र आशा पनि गरेँ प्रशस्तै
दिक्दार भएको छु आज
विश्वास नै विश्वासहीन लाग्दै छ
आदरको अर्थै डढेछ
मलाई अब झुक्ने मनै छैन
कृपया कर नलाऊ ।

हेर्नु हेरेँ
टेर्नु टेरेँ
सोचेरै हिरो बनाएँ तिमीलाई
ठानेँ, बहर हो गोरु बन्ने छ
दुर्भाग्य, बोको परेछ
चकित छु आज
हेर्नू र टेर्नु ब्यर्थ लाग्दैछ
अब मलाई हेर्नै पनि मन छैन
कृपया मलाइै कर नलाऊ ।

देख्नु देखेँ
लेख्नु लेखेँ
फुँदा जोडी जोडी उल्क्याएँ तिमिलाई
कुवालाई समुद्रैतुल्य बनाएँ
र पट्पट् फुटेको खेत सिँच्ने सपना बोकेँ
सिर्फ मिथ्या
नायक देख्नु र लायक लेख्नु दुबै ब्यर्थ लाग्दैछ
अब मलाई लेख्नै मन छैन
कृपया कर नलाऊ ।

२०७१ श्रावण
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x