साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रा ! गाईजात्रा ! :: बद्री दाहाल

Nepal Telecom ad

बिरामीको शैय्या भई, देश ऐय्या भन्छ
आराम् गर्ने राम–कृष्ण, काम कल्ले गर्छ ?
जता पायो उतै मोर्चा, एउटा शीर्ष गर्छन्
दुई शीर्ष ओछयान कुरी, मरेँ बाबा, भन्छन् ।।१।।

रोगी भोगी क्रोधी मात्रै, ‘जोगी’ छैन शीर्ष
चाकरका दल भन्छन्, हाम्रा ठूला तीर्थ ।
संविधान सभा हाम्रो, पूर्ण कैले होला ?
संविधान बन्ने कुरा, जान्छ खोला–खोला ।।२।।

मने– मने उखानटुक्का, ऊ गरेछ ऊले
रोगी भोगी क्रोधी मिली, देशै खाए ठूले ।
शीर्ष हैन पादस्थ हुन्, बडा तीन काजी
कती दिन बन्ने हामी, छाउरा र पाजी ? ।।३।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
0
Would love your thoughts, please comment.x
()
x