साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिजको पुरूष गीत : जीतु खड्का गाउँले

Nepal Telecom ad

यो सालको तिजमा च्याट्ट खसी कटार
रक्सी खाँदै बसिने छ बुढी माइत पठार !!
घरै बसे च्याँठिनेछिन् आफ्नै प्राण पियारी
त्यसैले त माइत खेद्ने गरियो तयारी !!

छिट्टै फर्की आऊ भन्दा बस्छन् माइत नटेरी
आफ्नै पोइको कुरा काट्दै सासै नफेरी
यो सालको तिजमा च्याट्ट खसी कटार
रक्सी खाँदै बसिने छ बुढी माइत पठार !!

जे जे पर्छ परोस् प्यारी परे जती झेल्ने हो !
खसी काट्दै रक्सी खाँदै म्यारिज खेल्ने हो !!
यो सालको तिजमा च्याट्ट खसी कटार !
रक्सी खाँदै बसिने छ बुढी माइत पठार !!

चट्ट कपाल कोरी बाटी कानमा मुन्द्रा हालेर !
घुमी झुमी नाचिने छ झोर्ले प्यानको घुँडा टालेर !
यो सालको तिजमा च्याट्ट खसी कटार !
रक्सी खाँदै बसिने छ बुढी माइत पठार !!

उर्लाबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x