साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतासम्बन्धी गाईजात्रे जोक

Nepal Telecom ad

बुधलालको चुनावी भाषण

एक विकट ठाउँमा गएको चुनावमा एनेकपा माओवादीले आफ्नो पार्टीबाट उठ्ने उम्मेदवार नै भेटेनछ । धेरैलाई उम्मेदवार बन्न आग्रह गरियो, तर कसैले मानेनन् । धेरै प्रयत्नपछि एक युवक भेटिए, जो बलिया र हट्टाकट्टा थिए । उनैलाई आग्रह गरियो ।

‘तर, मलाई भाषण गर्न आउँदैन त ।’ केन्द्रबाट उम्मेदवार खोज्न खटाइएका नेतालाई युवकले आफ्नो समस्या राखे ।

‘डराउनु पर्दैन । जे आउँछ त्यही बोल, तर भाषणको अन्त्यमा चाहिँ आफ्ना लागि भोट माग्न नबिर्सनू ।’ नेताले युवकलाई सिकाए ।

भाषण गर्ने दिन आयो । मानिस जम्मा भए । युवकले दिएको भाषण यस्तो थियो– ‘मेरो नाम बुधलाल हो । मलाई भाषण गर्न आउँदैन । भाषण त गर्नुहुन्छ हाम्रा पार्टीका अध्यक्ष प्रचण्डज्यू । प्रचण्डज्यूको कोटको खल्तीमा सधैँ गुलाबको फूल हुन्छ । गुलाबबाट गुलकन्द बन्छ । गुलकन्द कब्जियतको ओखती हो । कब्जियत सम्पूर्ण रोगको मुख्य जरा हो । जरा खरबुजाको राम्रो हुन्छ । खरबुजाले खरबुजालाई देख्दा आफ्नो रंग बदल्छ । रंग जर्मनीको राम्रो हुन्छ । जर्मनीमा एउटा शासक थियो, जसले धेरै वार गराएको थियो । जस्तो सम्झनुहोस् कि आइतबार, सोमबार, मङ्गलबार, बुधबार । बुधबारलाई सम्झनुहोस्, बुधलाललाई भोट दिनुहोस् ।’

 

विपक्षीलाई दोब्बर वरदान

एक चुनावी क्षेत्रमा दुईजना प्रतिस्पर्धी उम्मेदवार थिए । तीमध्ये एकजना शिवको अनन्य भक्त थियो । एक दिन शिवजीले उसलाई दर्शन दिए र भने, ‘म तिम्रो भक्तिबाट प्रसन्न छु । वरदान माग । तर विचार गर, तिमीले जे माग्छौ म तिमीलाई दिन्छु, तर तिम्रो विपक्षीलाई तिमीले मागेभन्दा दुई गुणा बढी दिन्छु ।’

‘हुन्छ भगवान’ उसले खुसी हुँदै भन्यो ।

‘लौ माग !’ कैलाशपतिले आदेश दिए ।

उसले वरदान माग्यो– ‘प्रभु, मलाई कुटेर अधमरो बनाईदिनुस् ।’

 

नेतालाई ताली

एक नेताको बानी कस्तो थियो भने आफूले सामान्य कुरा भने पनि उनलाई ‘कत्ति न ठूलो कुरा भनेँ’ जस्तो लाग्थ्यो । त्यसमाथि कार्यकर्ताले ताली बजाइदिएपछि त उनी झन् उक्सिन्थे ।

‘वाह नेताज्यू !’

नेता भन्थे, ‘आदरणीय जनसमुदाय, वर्षा भएन भने मौसम सुक्खा हुन्छ ।’ कार्यकर्ता परर्र ताली बजाउँथे र नेतालाई हौस्याउँथे, ‘हो–हो, महान् कुरा गर्नुभयो ।’

उनको भाषण ननस्टप जान्थ्यो, ‘साथीहरू, हो म यो कुरा तपार्इंहरूलाई भन्न जरुरी ठान्छु कि जुन सिढीँबाट माथि चढिन्छ, त्यही सिढीँबाट तल पनि ओर्लिइन्छ ।’

कार्यकर्ता दिल खोलेर ताली बजाउँथे र नेताको प्रशंसा गर्थे, ‘नेताज्यू, तपाईंजस्तो ज्ञानी मान्छे यस देशमा कोही छैन ।’

 

दिलदार पौडेल

लोभी नेताका रूपमा सुपरिचित रामचन्द्र पौडेलकहाँ केही स्थानीय युवा चन्दा माग्न आए ।

‘नेताज्यू, हाम्रो ठाउँमा अति गर्मी हुने भएकाले हामीले एउटा स्विमिङपुल बनाउने योजना बनाएका छौँ । तपाईंले सहयोग गर्नुपर्यो ।’ पौडेलसँग सहायता मागियो । उनले एकछिन सोचे र भने, ‘यस्तो सामाजिक काममा म सहयोग गरिहाल्छु नि ।’

पौडेल घरभित्र पसे र एक छिनपछि दुई बाल्टिन पानी लिएर आए । चन्दा माग्न आएकामध्ये एकलाई दुवै बाल्टिन थमाउँदै उनले भने, ‘भाइहरूले गर्न लागेको काम एकदमै सराहनीय छ । अहिलेलाई स्विमिङ पुलका लागि चाहिने दुई बाल्टिन पानी लिएर जानुस्, पुगेन भने फेरि आउनुहोला ।’

 

भालेको औषधि

नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसी नुवाकोटमा बस्दा कृषिमा विशेष ध्यान दिन्थे । फलफूल खेती र कुखुरापालनमा उनलाई असाध्यै रुचि थियो ।

पछि, काठमाडौँको गोंगबुमा उहाँको बसाइ भयो । राजनीतिमा पनि सक्रियता बढ्यो । एक दिन पार्टीको बैठक चलिरहेको बेला आफ्ना मित्र लक्ष्मण घिमिरेलाई नुवाकोटको आफ्नो कुखुरापालन बारे यसरी सुनाउँदै थिए– ‘मेरो कुखुराखोरमा चालीस पोथी थिए । तर, भाले भने एउटा मात्र । मोरो भालेले कहाँबाट बह्मचर्यको दीक्षा लिएर आयो कुन्नि, कुनै पोथीले अन्डा पारेनन् ।’

‘अनि ?’ लक्ष्मण घिमिरेले अभिरुचिसाथ सोधे ।

‘एक दिन एकजना जोगी आएर कुखुरालाई खुवाउनू भनेर केही औषधि दियो । मैले जम्मै औषधि भालेलाई खुवाइदिएँ । त्यसपछि त…. मोरो भालेले एउटा पोथीलाई पनि सुखसँग बस्न दिएन । चालीसैवटा पोथीले अन्डा पार्न थाले ।’

एकदम चाख मानेर सुनिरहेका घिमिरेले त्यस औषधिको नाम सोधे ।

‘नाम त मलाई थाहा छैन… ।’ केसीले भने, ‘तर, त्यसको स्वादचाहिँ अदुवा–अदुवा, लसुन–लसुनजस्तो थियो ।’

– टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x