साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुटुक्क विभागको गुप्त विज्ञप्ति

Nepal Telecom ad

राष्ट्र परराष्ट्रमा खाली भएका, हाम्रा दाउपेचले खालि गरिने र निगाहले बढाइनेसमेत निम्नातिनिम्नदेखि लिएर उच्चातिउच्च ओहोदाका पद, प्रमोशन, सरूवा, बढुवा इत्यादिका निम्ति जो जे गर्नुपर्छ एकदम सुटुक्का– सुटुक्की गर्नुपर्ने हाम्रो समान उदारवादी सिद्धान्त छँदाछँदै हाम्रा केही उत्ताउला खालका साथीहरूले चतुर्याईं नपुर्याई खुलेआम गर्न लागेकाले यति छिटै नै हाम्रो धाक रवाफमा औँशीको ग्रहण लाग्ने डरदेखि तुरून्तातुरून्ती यो गुप्त विज्ञप्ति प्रकाशित गर्नुपरेको छ । अबदेखि हाम्रा प्राइभेट रूममा बसी पास गरेका नातावाद ऐन १९०३ नोकरी परिच्छेदअनुसार नातेदार, चाकडीदार र सम्पत्तिदारसमेत यी ३ दारका व्यक्तिलाई जहाँ जे सरूवा, बढुवा, नियुक्ति ग्यारेन्टी जे जति दिनुपर्छ सुटुक्का सुटुक्की दिनू । नोकरीका उम्मेद्वारहरूले पनि चाकडी, कोसेली, जीहजुरी स्तुति, प्रशंसा जे जे गर्नुपर्छ हाम्रा ससुराली या मामा ससुरालीमा गई गर्नू । त्यसो भए केरफ् श्रीमतीजीको शिफारिस मुताविक दिने, दिलाउने र लिने तिनैथरीको कारवाहीमा तलका जुन्कीरीदेखि माथिका चन्द्रमासम्मनले कुनै सुइँको पाउन सक्ने छैनन् ।

तपसीलः–

दफा–प्रमुख :
५००० भन्दा बढी महिला–सुकिलाहरूलाई काम मामको समस्या समाधान नगरीदिई नहुने हुनाले अब मेचीदेखि महाकालीसम्मका तमाम पोष्टहरूमा योग्यता र अनुभवको आधारमा प्रमोशन दिने प्रथा अहिलेलाई मुल्तवी राखी सरासर तिनै ५००० मध्येबाट भर्ना गर्नू ।

दफा–अतिगुप्त :
हाम्रा साला जेठान् र उनको मामा, सालीका पतिदेव, झड्केलो भाइ उनकी साखै दुलहीको आफ्नै भाइ यति छन् भने योग्यता, उमेर, अनुभव कौनै कुराको खोजिनीति नगरी सकभर परराष्ट्रका उच्च पदमा भर्ना गरी पठाउनू ।

दफा–गुप्त :
हाम्रा भिनाज्यू, फुपाज्यू, भान्जा, भान्दाइ र दिदी बहिनीका देवर जेठाज्यू आदिलाई सकभर भलादमीहरूले खान हुने जागिर दिनू । इञ्च, फुट, इन्टरभ्यू र योग्यताहरू खोजेर तिनको इन्सल्ट नगर्नू ।

दफा– अर्धगुप्त :
हाम्रा आफ्ना सहोदर भाइबहिनीले जागिर खान खोजे जुनसुकै विभागको भए पनि त्यहाँका सचिवले सम्मानपूर्वक आफ्नो पद छाडिदिनू ।

दफा–उपगुप्त :
हाम्रा र हाम्रा श्रीमतीका नजिकका नातेदार महिलाहरू गर्भवती छन् भने र तिनको गर्भबाट पक्कै छोरो जन्मन्छ भने त्यसका निम्ति पनि स्थान रिजर्भ गरी राखिछोड्नू ।

दफा– महागुप्त :
उपरोक्त दफाहरूमा उल्लिखित नभएका तर हामीलाई मरमद्दत गरिदिने ठाउँठाउँका ठूलाठालू र टाठा र बाठाहरूले यहाँ आइ योग्यता र चरित्रका अभावले सरकारी ओहदाको जागिर माग्न नसक्ने बुझिएकामा निजहरूलाई अहिले तलब मात्र ख्वाएर जुनसुकै विभागको पनि चोटा कोठा चहारी शान देखाउने मौका दिनू । पछि ठाउँ खन्याएर हामी मिलाउने छौँ ।

दफा– साधारण– यसदेखि बाहेकका हाम्रा उम्मेद्वारको दर्खास्त जनसेवा कमिसनमा पेस गराई योग्य र अनुभवी व्यक्ति छानी दोहर्याई तेहर्याई जाँच गर्न लगाउनू ।
(क) सो कमिसनले जाँच गर्दागर्दै पनि नातावाद ऐनको एकएक दफाले छोएसम्म दर्खास्त खिँची ठाडै कारवाही गरिदिए हुुन्छ ।

आज्ञाले
बकमफुस शर्मा
निजी सचिव– सुुटुक्क विभाग

‘हालखबर’, २०१६ श्रावण २३

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x