साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्गमको २५ औँ सन्ध्या

Nepal Telecom ad

हेटौँडामा साहित्य सङ्गम मकवानपुरको २५ औँ सन्ध्या दिवस तथा सन्ध्या सम्मान कार्यक्रम सम्पन्न भयो ।

सो अवसरमा नेकपा एमालेका नेता एवम् मकवानपुर क्षेत्र नं. ३ का सभासद् तथा कार्यक्रमका प्रमुख अतिथि अनन्त पौडेलले कवि तथा गीतकार तुलसी घिमिरेद्वारा लिखित गीतसङ्ग्रह ‘फूलका कुरा जूनका कुरा’ को विमोचन गर्नु भयो ।

कृतिमाथि समीक्षा गर्नेहरूमा विशिष्ठ अतिथि तथा साहित्यकार आर. आर. चौलागाईं, प्राध्यापक घनश्याम घिमिरे तथा कवयित्री अप्सरा तिम्सिना हुनुहुन्थ्यो । अन्य अतिथि तथा अतिथि साहित्यकारहरूमा रामेश्वर राना, देवराज खरेल, तीर्थदेवी सिलवाल, मुना अर्याल, अनीता न्यौपाने, विष्णुप्रसाद गौतम, देवराज तिवारी, नानीमाया अधिकारी, मसान उपासक, निर्मला अर्याल, मुक्तिगोविन्द बैद्य, उज्ज्वल शर्मा भण्डारी, पूर्णकला घिमिरे, माधव भण्डारी, यश लामा, शान्ति प्रियवन्दना, राजकुमार लामिछाने, श्यामकुमार बानियाँ, यमनदेव उत्प्रेरक आदि हुनुहुन्थ्यो ।

सङ्गमका अध्यक्ष आर. सि. रिजालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन उपाध्यक्ष कवि सुवास खनालले गर्नु भएको थियो । गायक एवम् सङ्गीतकार आशाकाजी श्रेष्ठ, ईश्वर खड्का तथा राम कार्कीले गीतसङ्ग्रहभित्रका केही गीतहरू गाएर कार्यक्रमको रौनक बढाउनु भएको थियो ।

कार्यक्रममा गीतकार तुलसी घिमिरेले आफ्ना गीत लेखनका बारेमा प्रष्ट पार्नुभयो भने साहित्य सन्ध्यामा वर्षभरिमा सबभन्दा बढी उपस्थित हुने कवि भीमप्रसाद भट्टराईलाई सन्ध्या सम्मानद्वारा सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x