साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोदीमय गाईजात्रा

Nepal Telecom ad

नेपालमा मोदी आए नेपाल र नेपालीको खुलेर प्रशंसा गरेर गए । भारतीय स्वतन्त्रता दिवसका दिन भाषण गर्दैै फेरी अर्का पटक मोदीले नेपाली नेता र जनतालाई मोहित बनाएको खबर सार्वजनिक भयो । तर आज पनि प्रज्ञा प्रतिष्ठान र भृकुटीमण्डपमा मोदीलाई देख्न पाइन्छ । ‘तितेजिरेमेरीबास्सै गाईजात्रा’ र प्रज्ञाप्रतिष्ठानमा चलिरहेको ‘गाईजात्रा महोत्सवमा’ नेपाली नेताले घेरेको अवस्थामा भेटिन्छन् ‘मोदी’ ।

कलाकार मनोज गजुरेल यतिबेला व्यस्तछन् । नेपाली नेताको क्यारिकेचर गरेर प्रसस्त प्रशंसा कमाएका यि कलाकारलाई मोदीको अभिनयले नयाँ हाइट दिएको छ । ‘मैले मोदी नेपालमा आएकाले उनको क्यारिकेचर गरेको होइन । विगत दुई महिनादेखि मोदीलाई अध्ययन गर्दैथिए, संयोगले उनी नेपाल आए, हामीलाई दर्शकले रुचाए ।’

मोदीले भारतमा चुनाव जिते, गजुरेल नयाँ पात्रको खोजिमा थिए, मोदीको ‘पपुलारीटि’लाई क्यास गर्ने मौका गुमाउन चाहेनन् र लागे अध्ययनमा । ‘उनको जीवनी, हाउभाउ र भेषभुषा तयार पार्न मलाई दुई महिना लाग्यो ।’ भन्दै उनी थप्छन्, प्रतिष्ठानमा भरिएकको दर्शकको भिड र तालिले मलाई सफल बनाएको जस्तो लाग्छ ।modiमनोजलाई प्रहसनमा सुशील कोइराला बनेर धिताल चिरिच्याट्टले सघाई रहेकाछन् । ‘सिस्नोपानी नेपाल, हर्के हल्दार लगायतका टिमको साथमा मनोजको मोदी प्रहसन प्रज्ञा प्रतिष्ठानमा जारी छ । एउटा राजनेताको भाषणमा अत्याधिक अपेक्षा गर्ने नेपाली नेताको अन्धभक्ती माथि मनोजको प्रहसनले व्यङ्ग प्रहार गरेको छ ।‘आध्यात्मिक भएकाले पनि होला मोदीको भाषणमा उर्जा थियो । उनमा सबैलाई मोहित पार्ने कला छ, तर नेपाली नेताले उनी एक कुटनीतिक राजनेता हुन् भन्ने बिर्सेर देखाएको अन्धभक्ती मलाई पचेन र बने मोदी ।’ पहिलो दिन जब उनी स्टेजमा उत्रिए मोदी आएको देखेर दर्शकनै अचम्ममा परे । ‘म त दर्शक कराएको देखेर एकछिन गाईजात्रा गर्दैछु भन्नेसमेत बिर्सन आटेको थिए ।’ मोदी बन्दाको पहिलो दिन उनको स्मरणमा ताजै छ । जब व्याकग्राउन्डमा ‘चोरेको धोतीले लास छोपिन्न’ भन्दै गीत बज्छ, अनी त के चाहियो दर्शकको तालीको गुञ्जनले हल खचाखच ।

प्रचण्ड, ज्ञानेन्द्र, परमानन्द झा, शेरबहादुर देउवा, माधव नेपाल, रामदेव लगायतको अधिकाशं कलाकार र नेताको क्यारिकेचर गर्न भ्याई सकेका उनलाई नयाँ मोदी प्रहसनका लागि देश विदेशवाट निम्तो आउन थालेको छ । ‘अव मेरो प्रहसन यात्रा बेलायतबाट सुरु हुदैछ ।’ भन्दै उनले थपे नया प्रहसनको तयारी गरिसके,‘प्रचण्डम वैराग्यम’ प्यारोडी लिएर छिट्टै दर्शक माझ आउदै छु ।’

भृकुटीमण्डपमा चाहिँ शिवहरि वैरागी नेपालले मोदीको हाउभाउलाई दुरुस्त उतारेर दर्शकलाई हँसाइरहेका छन् । उनलाई साथ दिएका छन् महादेव बनेका जितु नेपालले ।दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, जितु नेपाल, सीताराम कट्टेल, कुञ्जना घिमिरे आदिले विविध मनोरञ्जनात्मक कार्यक्रम पस्किरहेका छन् ।

साउन २४ मा सुरु भएका दुवै गाईजात्रे कार्यक्रम भदौ ७ सम्म चल्नेछन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत्युका कारण प्रज्ञाको कार्यक्रम दुई दिन रोकिए पनि ‘तीते जिरे’ समूहकोे गाईजात्रा भने रोकिएको थिएन। दुवै ठाउँको गाईजात्राको प्रस्तुति साँझ एउटै समयमा सुरु हुन्छन् ।

अधिल्ला बर्षको तुलनामा यस बर्षपनि गाईजात्रालाई दर्शकले उत्तिकै रुचाएको ठहर गरेकाछन् कलाकार जितु नेपालले । ‘समयसँगै हाम्रो अभिनयमा निखार आएको छ, दर्शकले पनि नयाँ पन पाएकाछन् । त्यसैले घटेको जस्तो लाग्दैन ।’ भन्दै उनले मनोरञ्जन सबैको रोजाईमा पर्ने भएकाले यसको व्यापार नघट्ने उल्लेख गरे ।

२०३३ देखि नेपालमा गाईजात्रा महोत्सवको सुरुवात गर्ने मह जोडिलाई भने यसपटकको गाईजात्रामा देख्न नपाएकोमा भने दर्शक निराशछन् । ‘मदनदाईलाई सञ्चो नभएकाले हामीले चाहेर पनि गाइजात्रा मार्फत दर्शकलाई हसाउन सकेनौ ।’ हरिवंश भन्छन्,‘आगामी दिनमा अरु मनोरञ्जनात्मक कार्यक्रम लिएर आउने तयारीमा छौ ।’
-सम्झना गैरे (ओएनएस)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x