सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सात बुँदे सहमति

Nepal Telecom ad

पर्धानमुन्त्री झापडनाथ खनाल र एनेकपा माउवादीका अधक्षे मनेकमल दहालबीच भएको सात बुँदे सहमतिले गति लिएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा भुईँचालो गएकाले विश्व थर्किएको र नेपाली राजनितिक जग चर्किएको देखेर मेरी श्रीमतीले चिठी लेखेर गाउँले भाइका हातमा पठाइछ । ओछ्यान छोडेर यता आएको बर्ष दिन हुँदा पनि ऋण फत्ते गर्न नसकेकाले उसका मुनमा अपहत्ते परेर अर्थोकै बिचार आएछ क्यारे ! चुलोमा आगो बाल्दिनेले सौता हाल्दिने हो कि भनेर बेलैमा विधानले बाँध्न बिलम्भ नगर्ने निर्णय गरिछ र लेखिछ सातवटा बुँदा ।

उसकै लागि कमाउन आएको मलाई रंगरौसमा रमाउन आएको भन्ठानेर शंकाले लंका पिटेपछि यसो गरेकी रहिछ । त्यो मोरीलाई के थाहा ! खाडीमा छोरी मान्छेको अनुहार देख्नु मात्रै पनि स्वर्गमा टेक्नु जत्तिकै हो । आफ्नै जोइले भर नगरेपछि घर हुँदैन भनेर घोत्लिरहनु भन्दा बिगतमा नेपालका सबै सासकहरूले आफु अनुकुल संविधान बनाए जस्तै मैले पनि आफु अनुकुल सात बुँदा सम्शोधन गरेर पठाउने निर्णय गरेको छु ।

कुनै विदेशी प्रभु, प्रतिकृयावादी, उग्रबामपन्थी वा राजावादीको उक्साहटमा उसले यसो गरेकी हैन होला भनेर ढुक्कले बसेर सात बुँदे सहमतिलाई सहर्ष स्वीकार्दै सम्शोधन सहित यहाँ उल्लेख गरेको छु । तपाईँलाई पनि यस किसिमको पत्र आएर अलपत्र पर्नु भएको छ भने यसलाई फोटोकपी गरि पठाउन सक्नुहुनेछ । आएको छैन भने आउन सक्ने सम्भावनालाई ध्यान दिँदै बेलैमा कटिङ् गरि राख्न सक्नुहुनेछ । के थाहा ? कत्तिखेर घैँटोमा घाम लाग्छ र यो सहमतिको चपेटो काम लाग्छ । अव सात बुँदे सहमतितिर जाऊँ ।

१, वैवाहिक सम्बन्ध तथा कुशल पारिवारिक स्थितिको खिलाफ र अन्तर्राष्ट्रिय भागी विवाहको साख रक्षार्थ दृढतापूर्वक उभिँदै मागी विवाहको अन्त्य र सौता हाल्ने सुरितिको सम्मान गर्दै घरमा सासु-ससुरा, देवर-जेठाजु, जेठानी-देउरानी, नन्द-आमाजुको बाझोजुधो गराउन प्रयास गरी महिला र पुरुष दुवैको स्वतन्त्रतालाई खुम्च्याउने र शारिरिक, मानशिक शोषण गर्ने बाचा गर्दै प्रेम विमुख पारिवारिक ब्याबस्था निर्माणमा अघिबढ्न हामी जोइपोइ सहमत भएका छौं । उपरोक्त आधारमा अन्य घरबाहिरका निकटका नातेदार, कामचलाऊ नातेदार तथा भैपरिआउँदाका नातेदारलाई समेत समावेश गर्दै अघि बढ्न समेत हामी सहमत भएका छौं ।

२, मनपरितन्त्रलाई संस्थागत गर्ने, जिउको पुनर्संरचना गरी पुटुक्क बनाउने, ब्याक्तिको जिऊ मास्ने/बेच्ने अधिकारलाई सुदृढ गर्ने र पत्निब्रता/पतिब्रताका सबै रूपको समूल अन्त्य गरी शारिरिक चाहनालाई जहाँसुकै र जोसुकैसँग उपयोग गर्ने प्रकृतिको नयाँ घरजम बनाउन हामी दुवै जोइपोइ सहमत छौं ।

३, ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने महान् मन्त्रलाई उपलव्धिमूलक निष्कर्षमा पुर्याउन धर्म पुत्र/पुत्रीलाई भेटे जत्ति ल्याउने, सडकपेटीबाट उठाउने र आफैँले जन्माउने कार्यलाई अपमानजनक रूपमा सम्पन्न गरिनेछ । बच्चा जन्माउने सम्बन्धमा अहिलेसम्म भएका बाहिरी सम्बन्धहरूलाई निरन्तरता दिँदै जन्मेकाहरूको छुट्टै वा अन्य ल्याइतेहरूको समेत संलग्नतामा छुट्टै आवास निर्माण गर्ने र गाँस, बास, कपासको ब्याबस्था गर्ने सहमति भएको छ ।

४, संयुक्त परिवार बनाउन दुवै जोइपोइ असहमत छौं । परिवार सञ्चालनमा असहयोग गर्नका लागि निचस्तरीय सम्यन्त्र बनाइने छ । त्यसको नेतृत्व दुई जोइपोइका बाहिरका सम्बन्धीहरूले आलोपालो गर्नुहुनेछ । यस सन्दर्भमा सकेसम्म धेरै बाहिरकाहरूलाई समावेश गरी नयँँ घरबार बनाइनेछ । ढुकुटी र राखनधरान लगायतका महत्वपूर्ण ठाऊँको अनुचित र घ्रृणाजनक वाँडफँँड गरिनेछ । यसको जिम्मेवारी दुई जोइपोइले लिइनेछ ।

५, नेपाल सरकारको अलकत्रे रंगको निर्धो निर्णयको सम्मान गर्दै घरका अठारदेखि अठचालिससम्मका महिला पनि सवैथोक कमाउन घरेलु कामदारका रुपमा खाडी जाने कुरामा दुवै सहमत छौँ । नेपाली महिलाले के गर्न सक्दैनन् भन्ने मिसाल विश्वलाई देखाउन यो कदम अग्र स्थानमा आउनेछ भन्ने कुरामा सरकार संँगै हामी दुवै विस्वस्थ छौँ । यसका लागि अधिकतम प्रयास गर्ने र कुनै बारबन्देज, खोजीनिती नलिने कुरामा दुवैलाई मञ्जुर छ ।

६, आपसी असमझदारीको आधारमा भविष्यमा घरमुलीको नेतृत्व आलोपालो गरी दुवै जोइपोइका बीच अल्पकालिन सहमति र सहयात्रालाई पछाडि धकेलिनेछ । एकअर्कालाई खान्दानी दुश्मनसम्मको ब्यावहार गर्न छुट दिइएको छ । शारिरिक तथा मानशिर अतृप्तताको दोषी जस्ले जस्लाई पनि लाउन पाउने छ । रातसाँझ घरबाट निसिकँदा कसैले कसैलाई सोधिखोजी गर्न पाउने छैन । मनमौजी जीवन बाँच्न पाउने अधिकार दुवैको सुनिस्चित छ ।

७, घरमुलीको चालु छनौट प्रकृयामा पोइपक्षकाले जोइपक्षकालाई समर्थन गर्ने सहमति भएको छ ।

दोहा, कतार

Fitkauli Publication Books comming soon
Nepal Telecom ad