साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सात बुँदे सहमति

Nepal Telecom ad

पर्धानमुन्त्री झापडनाथ खनाल र एनेकपा माउवादीका अधक्षे मनेकमल दहालबीच भएको सात बुँदे सहमतिले गति लिएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा भुईँचालो गएकाले विश्व थर्किएको र नेपाली राजनितिक जग चर्किएको देखेर मेरी श्रीमतीले चिठी लेखेर गाउँले भाइका हातमा पठाइछ । ओछ्यान छोडेर यता आएको बर्ष दिन हुँदा पनि ऋण फत्ते गर्न नसकेकाले उसका मुनमा अपहत्ते परेर अर्थोकै बिचार आएछ क्यारे ! चुलोमा आगो बाल्दिनेले सौता हाल्दिने हो कि भनेर बेलैमा विधानले बाँध्न बिलम्भ नगर्ने निर्णय गरिछ र लेखिछ सातवटा बुँदा ।

उसकै लागि कमाउन आएको मलाई रंगरौसमा रमाउन आएको भन्ठानेर शंकाले लंका पिटेपछि यसो गरेकी रहिछ । त्यो मोरीलाई के थाहा ! खाडीमा छोरी मान्छेको अनुहार देख्नु मात्रै पनि स्वर्गमा टेक्नु जत्तिकै हो । आफ्नै जोइले भर नगरेपछि घर हुँदैन भनेर घोत्लिरहनु भन्दा बिगतमा नेपालका सबै सासकहरूले आफु अनुकुल संविधान बनाए जस्तै मैले पनि आफु अनुकुल सात बुँदा सम्शोधन गरेर पठाउने निर्णय गरेको छु ।

कुनै विदेशी प्रभु, प्रतिकृयावादी, उग्रबामपन्थी वा राजावादीको उक्साहटमा उसले यसो गरेकी हैन होला भनेर ढुक्कले बसेर सात बुँदे सहमतिलाई सहर्ष स्वीकार्दै सम्शोधन सहित यहाँ उल्लेख गरेको छु । तपाईँलाई पनि यस किसिमको पत्र आएर अलपत्र पर्नु भएको छ भने यसलाई फोटोकपी गरि पठाउन सक्नुहुनेछ । आएको छैन भने आउन सक्ने सम्भावनालाई ध्यान दिँदै बेलैमा कटिङ् गरि राख्न सक्नुहुनेछ । के थाहा ? कत्तिखेर घैँटोमा घाम लाग्छ र यो सहमतिको चपेटो काम लाग्छ । अव सात बुँदे सहमतितिर जाऊँ ।

१, वैवाहिक सम्बन्ध तथा कुशल पारिवारिक स्थितिको खिलाफ र अन्तर्राष्ट्रिय भागी विवाहको साख रक्षार्थ दृढतापूर्वक उभिँदै मागी विवाहको अन्त्य र सौता हाल्ने सुरितिको सम्मान गर्दै घरमा सासु-ससुरा, देवर-जेठाजु, जेठानी-देउरानी, नन्द-आमाजुको बाझोजुधो गराउन प्रयास गरी महिला र पुरुष दुवैको स्वतन्त्रतालाई खुम्च्याउने र शारिरिक, मानशिक शोषण गर्ने बाचा गर्दै प्रेम विमुख पारिवारिक ब्याबस्था निर्माणमा अघिबढ्न हामी जोइपोइ सहमत भएका छौं । उपरोक्त आधारमा अन्य घरबाहिरका निकटका नातेदार, कामचलाऊ नातेदार तथा भैपरिआउँदाका नातेदारलाई समेत समावेश गर्दै अघि बढ्न समेत हामी सहमत भएका छौं ।

२, मनपरितन्त्रलाई संस्थागत गर्ने, जिउको पुनर्संरचना गरी पुटुक्क बनाउने, ब्याक्तिको जिऊ मास्ने/बेच्ने अधिकारलाई सुदृढ गर्ने र पत्निब्रता/पतिब्रताका सबै रूपको समूल अन्त्य गरी शारिरिक चाहनालाई जहाँसुकै र जोसुकैसँग उपयोग गर्ने प्रकृतिको नयाँ घरजम बनाउन हामी दुवै जोइपोइ सहमत छौं ।

३, ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने महान् मन्त्रलाई उपलव्धिमूलक निष्कर्षमा पुर्याउन धर्म पुत्र/पुत्रीलाई भेटे जत्ति ल्याउने, सडकपेटीबाट उठाउने र आफैँले जन्माउने कार्यलाई अपमानजनक रूपमा सम्पन्न गरिनेछ । बच्चा जन्माउने सम्बन्धमा अहिलेसम्म भएका बाहिरी सम्बन्धहरूलाई निरन्तरता दिँदै जन्मेकाहरूको छुट्टै वा अन्य ल्याइतेहरूको समेत संलग्नतामा छुट्टै आवास निर्माण गर्ने र गाँस, बास, कपासको ब्याबस्था गर्ने सहमति भएको छ ।

४, संयुक्त परिवार बनाउन दुवै जोइपोइ असहमत छौं । परिवार सञ्चालनमा असहयोग गर्नका लागि निचस्तरीय सम्यन्त्र बनाइने छ । त्यसको नेतृत्व दुई जोइपोइका बाहिरका सम्बन्धीहरूले आलोपालो गर्नुहुनेछ । यस सन्दर्भमा सकेसम्म धेरै बाहिरकाहरूलाई समावेश गरी नयँँ घरबार बनाइनेछ । ढुकुटी र राखनधरान लगायतका महत्वपूर्ण ठाऊँको अनुचित र घ्रृणाजनक वाँडफँँड गरिनेछ । यसको जिम्मेवारी दुई जोइपोइले लिइनेछ ।

५, नेपाल सरकारको अलकत्रे रंगको निर्धो निर्णयको सम्मान गर्दै घरका अठारदेखि अठचालिससम्मका महिला पनि सवैथोक कमाउन घरेलु कामदारका रुपमा खाडी जाने कुरामा दुवै सहमत छौँ । नेपाली महिलाले के गर्न सक्दैनन् भन्ने मिसाल विश्वलाई देखाउन यो कदम अग्र स्थानमा आउनेछ भन्ने कुरामा सरकार संँगै हामी दुवै विस्वस्थ छौँ । यसका लागि अधिकतम प्रयास गर्ने र कुनै बारबन्देज, खोजीनिती नलिने कुरामा दुवैलाई मञ्जुर छ ।

६, आपसी असमझदारीको आधारमा भविष्यमा घरमुलीको नेतृत्व आलोपालो गरी दुवै जोइपोइका बीच अल्पकालिन सहमति र सहयात्रालाई पछाडि धकेलिनेछ । एकअर्कालाई खान्दानी दुश्मनसम्मको ब्यावहार गर्न छुट दिइएको छ । शारिरिक तथा मानशिर अतृप्तताको दोषी जस्ले जस्लाई पनि लाउन पाउने छ । रातसाँझ घरबाट निसिकँदा कसैले कसैलाई सोधिखोजी गर्न पाउने छैन । मनमौजी जीवन बाँच्न पाउने अधिकार दुवैको सुनिस्चित छ ।

७, घरमुलीको चालु छनौट प्रकृयामा पोइपक्षकाले जोइपक्षकालाई समर्थन गर्ने सहमति भएको छ ।

दोहा, कतार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x