साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ थान ठोक्तक

Nepal Telecom ad

१ अतिथि

छेवैको छाप्रोभित्र
फरक केही छैन
सवै यथावत छ
सोधेँ
खोइ त लोकतन्त्र ?
लोकतन्त्र आएको भए
पर महतिर बसे होलान्
यहाँ त
खान बस्न कठिन छ ।

२. २०४९ देखिनै
चारैतिरबाट
युवाहरूले
तात्तातो उच्छ्वास फुकिरहेका छन्
काठमाडौँको बरफ पग्लिएको छैन ।

३.

सबैले ठाने
उ स्वान्त सुखाय हिँडिरहेछ
यथार्थमा
अरूको सुखलाई कुल्चेर
आनन्द लिइरहेछ ।

४.

यसअघि
यसरी देखेको थिइनँ
काठमाडौँको दरवारमार्ग
र त्यहाँको अहङ्कार ।

५.

परिवर्तनको यत्रो हल्ला
पल्लो कुनामा रहेकी
ती महिलाले सुनेकी छैनन् ।

६.

युगौँयुगदेखि
हाम्रो रीतिथितिको
हिसाब गडबडिएको छ
तिमीहरूको खातामा नाफैनाफा छ
हाम्रो खातामा घाटैघाटा छ
हिसाब कहाँबाट गडबडिएको हो
सूत्र पत्ता लागेको छ
अब हिसाब मिल्छ ।

हाल :काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x