साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौली सम्पादक सहित तिनजना सम्मानित

Nepal Telecom ad

गाईजात्रा २०७१ का अवसरमा राजधानीमा गत साउन २४ गतेदेखि प्रज्ञाभवनमा आयोजित गाईजात्रे हास्यव्यङ्ग्य महोत्सव भदौ ७ गते शनिबार समाप्त भएको छ । अन्तिम दिन विशिष्ट हास्यव्यङ्ग्य कर्मीहरूलाई सम्मानित गर्ने बिगतको परम्परा अनुरूप यस वर्ष पनि तीनजनालाई सम्मानित गरिएको छ ।

सम्मानित गरिएका पाका हास्यव्यङ्ग्य कलाकार आनन्द थापा, हास्यव्यङ्ग्यकार, सञ्चारकर्मी एवम् फित्कौली डटकमका सम्पादक नरनाथ लुइँटेल र चर्चित कार्टुनिष्ट रविन सायमी हुनुहुन्छ । अन्तिम दिनको अन्तिम प्रदर्शन अघि विशेष समारोहका प्रमुख अतिथि संविधान सभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले तिनै जना हास्यव्यङ्ग्यकारलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मानित स्रष्टालाई आयोजक संस्थाका तर्फबाट ओरियन्टल इभेन्टसका प्रवन्ध निर्देशक प्रकाश पुडासैनीले फूलको गुच्छा अर्पण गर्नु भएको थियो ।

विशिष्ट हास्यव्यङ्ग्यकारहरूलाई प्रदान गरिएको सम्मानपत्रको व्यहोरा महोत्सव सञ्चालनमा सक्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले क्रमैसँग वाचन गर्नु भएपछि प्रमुख अतिथिले हस्तान्तरण गर्नु भएको थियो ।

हास्यव्यङ्ग्यकारलाई सम्मान गर्दै आरम्भ भएको यो वर्षको अन्तिम प्रदर्शन प्रज्ञाभवनको खचाखच प्रेक्षालयमा सम्मानित हास्यव्यङ्ग्यकारसँगै बसेर प्रमुख अतिथि सुवासचन्द्र नेम्वाङले पूरै तिन घण्टा बिताउनु भएको थियो । साथमा ऊर्जामन्त्री राधा ज्ञवाली पनि हुनुहुन्थ्यो ।

सम्मानित कलाकार आनन्द थापाद्वारा प्यारोडी गायनबाट आरम्भ गरिएको कार्यक्रममा हास्यकलाकारहरूले प्रस्तुत गरेका प्रहसन, प्यारोडी र कवितामा लोडसेडिङ, बिजुली बत्तीको प्रसङ्ग र संविधानसभा वा सभासदहरूको प्रसङ्ग आउँदा स्रोता तथा दर्शकको ध्यान सुवास नेम्वाङ र राधा ज्ञवालीतर्फ केन्द्रित भएको देखिथ्यो ।

गाईजात्राको हास्व्यङ्ग्य महोत्सवमा प्रस्तुत अधिकांश प्रस्तुतिको विषय वर्तमान नेपाली राजनीतिलाई बनाइएको थियो । मनोज गजुरेलद्वारा प्रस्तुत गृहमन्त्री वामदेव गौतमको क्यारीक्रेचर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभामा गरेको भाषणको क्यारीक्रेचर, लक्ष्मण गाम्नागे, शैलेन्द्र सिंखडा, जोगेन्द्र, माग्नेबुढाको आदिको प्रस्तुतिका साथै सुुशिल कोइराला, शेरबहादुर देउबा, केपी ओली, माधव नेपाल, मधेशवादी नेताहरूको प्रवत्तिगत क्यारीक्रेचरलाई दर्शकहरूले रूचाएका थिए ।

सिस्नुपानी नेपाल सहित विभिन्न ख्यातीप्राप्त हास्यकलाकारहरूको प्रस्तुतिलाई ओरियन्टल इभेन्टसका प्रवन्ध निर्देशक प्रकाश पुडासैनीले संयोजन गर्नुभएको थियो ।

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x