साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रध्दा

Nepal Telecom ad

बा गाउँमा छन्,
आमा खसेकी हुन् बर्षौ भईसक्यो ।
बुढेसकालको सहाराको आसमा जन्मेको छोरो- छ सहरमा ।
छोरो पढाउँने रहरमा
कहिले बाले अरूको दाउरा चिरेर
हलो जोतेर
कहिले आमाले अरूका जुठा भाडा माझेर
बाँझो खनेर
पैसा जम्मा गर्थे
र पठाउँथे सहरमा पढाउँन राखेर छोरालाई ।
धेरै सपनाहरू थिए
र रहरहरू थिए जो कहिल्यै पूरा भएनन् आफ्ना
तर कहिल्यै अपुग हुन दिएनन् छोरालाई ।
केहि त सपनाहरू पनि पूरा भएका हुन् ।
पढेको छोरो
छोरो हाकिम भएको छ – सरकारी अड्डामा ।
ठूलै घर बनाएको सहरमा ।
पढ्छन् नानीबाबुहरू बोर्डिङमा ।
गाउँ उस्तै छ,
बा अझै छन् गाउँमा ।
गोडा काँपेर
मन काफरिएर
चढ्न सक्दैनन् उकालो
झर्न सक्दैनन् ओरालो
आफैले छाएको खरको छानोले
बर्खा धान्छ कि धान्दैन,
अब को चढ्छ धुरी ?
टेक्दै गरेको बैसाखे लौरीले थेग्छ थेग्दैन ?
बा,
अझै पनि देख्छन् सपनामा,
आफ्नी खसेकी जहानलाई र सम्झन्छन्-
“देख बुढा, यो छोरो ठूलो हुनेछ, नाम कमाउनेछ,
पाल्नेछ हाम्लाई राखेर सहरमा ।”
पर्खाईमा अन्तिम सास फेर्दै
सोध्छन् सहरबाट गाउँ फर्केका छिमेकीलाई
हाम्रो छोरो सञ्चै छ ?
छोराले मुस्किलले सम्झन्छ
बर्षको एकदिन सहरमा –
आज बाबुको मुख हेर्ने दिन,
फेसबुक, ट्विटरमा
बाको तस्बीरमा हालेर केहि लेख्नुपर्ने ..!

गुल्मी, हाल-शंखमुल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x