साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल खोक्तक

Nepal Telecom ad

हराएको छ

हिजोआज,
गाउँबाट पर्म हराएको छ,
सहरबाट सर्म हराएको छ,
मूर्तिविनाका मन्दिरहरू
ङिच्च हाँसिरहेछन्
त्यसैले, प्रत्येकको छातीबाट विश्वासको
धर्म हराएको छ ।

बढाएको छ

देखासिकीले फेसन बढाएको छ,
राजनीतिले टेन्सन बढाएको छ
डाक्टरहरू सहर नछोड्ने भए
कम्पाउण्डरहरूको उपचारले
गाउँमा रोगको देसन बढाएको छ ।

नियति

प्यालाप्याला गरेर पोखरी नै सहिएको छ,
किस्ताकिस्ता बुझाउँदै चिहाननेर गइएको छ,
रक्सीजस्तो गन्हाउने जीवनमा आफू त
न भाँडो न पानी केवल मर्चामात्र भइएको छ ।

महत्व हुन्छ

भान्सामा तसलाको
मासुमा मसलाको
मुद्दामा फैसलाको
महत्व हुन्छ ।
भोकालाई गाँसको
सुकुम्बासीलाई बासको
नाङ्गालाई कपासको
महत्व हुन्छ ।

मन्थली, रामेछाप

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x