साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नखोलौँ नखोलौँ

Nepal Telecom ad

खुलेका यि उद्योग राखेर के भो ?
मिठा भाषणै मात्र चाखेर के भो ?
अहो बन्दमै हुन्छ आनन्द साथी !
छिटै देश उठ्ला अझै माथि माथि ।।१।।

जमाना नयाँ आज आईरहेछ ।
यसैले गरीमा हराईरहेछ ।।
पुराना सबै ध्वस्त पारेर फालौं !
नयाँ चीज निर्माण गर्नै नथालौं ।।२।।

हिँडेका सवारीहरू ठप्प पारौं ।
चलाए दिँदै धाक धम्की झपारौं ।।
गरेनन् भने बन्द लाठो लगाऔं ।
कसैले कुनै प्रश्न सोधे धपाऔं ।।३।।

नटेरेर दोकान खोलेर बेच्ने
कसैले गरेमा– गरे हुन्छ थिच्ने !!
ठटाएर ढोका सबै बन्द पारौं ।
यही तालले देश चाँडै सपारौं ।।४।।

अरू देशकै तुल्य पार्ने छ इच्छा ।
निकै नै विकम्मा भएको छ शिक्षा ।।
सधै खोलिए यो अवस्थै नजाला ।
तुरुन्तै गरौं बन्द यी पाठशाला ।।५।।

गरी खान दे भन्दछन् एक गास ।
गई हेर कस्तो छ तिन्को निवास ।।
सधै बन्द हुन्छन् यहाँ कारखाना ।
मरे हुन्छ ज्यामीहरूका जहान ।।६।।

भताभुङ्ग पारौं बनेका बिगारौं
र ढुङ्गा थुपारेर बाटो सिँगारौं !
सुधारेर जानू कता हो कता हो !
समस्या खडा गर्नु नै सभ्यता हो ।।७।।

निहुँमात्र खोजेर टन्टा बढाऔं ।
गरे यत्न जुट्ने फुटाली लडाऔं ।।
समाधान तोडौं सदाचार छोडौं ।
सधै बन्द नेपाल गर्नै नछोडौं ।।८।।

सकेसम्म बन्ने अवस्थै नल्याऔं ।
बनेमा नयाँ संविधानै जलाऔं ।।
सबै धर्म छोडौं सबै शास्त्र छोडौं !
सकेसम्म शस्त्रास्त्र छोड्दै नछोडौं !!९।।

अवज्ञा गरेमा तथानाम बोलौं ।
जबर्जस्त पेट्रोल छर्केर पोलौं !!
नखोलौं नखोलौं नखोलौं नखोलौं ।
गरौं बन्द नेपाल खोल्दै नखोलौं ।।१०।।

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x