साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुण्डन

Nepal Telecom ad

एउटा कुनै देशको संसदमा एकदिन निकै चर्काचर्की भयो । चर्काचर्कीको कारण कुनै राजनीतिक कारण थिएन । तर कुरो के थियो भने एकजना मन्त्रीले अचानक कपाल खौरिएको विषयमा– हिजोसम्म उनको टाउकामा लामा–लामा मुन्द्रे कपाल थियो तर राति अचानक उनको मुण्डन भएको रहेछ । सदस्यहरूमा मन्त्रीलाई के परी आएछ भन्ने खासखुस चलिरहेको थियो । विभिन्न किसिमका अडकल काटिँदै थिए । एकजनाले भन्यो– साथीहरू, दिमागमा टन्न गम्भीर विचार गर्न रौँको पर्दा हटाएको होला । कुनै अर्कोले भन्यो– सके मन्त्रीज्यूको परिवारमा कसैको मृत्यु भयो होला । तर मन्त्रीज्यू हिजो अस्ति जस्तै प्रसन्न देखिई रहेका थिए ।

आखिर एकजना सदस्यले सोधे– “अध्यक्ष महोदय, माननीय मन्त्रीज्यूको परिवारमा कसैको मुत्यु भयो कि क्या हो ? के म थाहा पाउन सक्छु ?” मन्त्रीले जवाफ दिए– “होइन ।” सदस्यहरूले के पनि अड्कल गरे भने मन्त्रीज्यूले उनको विरोधमा विधेयक प्रस्तुत गर्ने इच्छा गरेका थिए, उनीहरूले त्यसैले मन्त्रीलाई मुडिदिएका त होइनन् ? एक सदस्यले प्रश्न उठाए– “के माननीय मन्त्रीलाई आफ्नो मण्डन भएको कुरा थाहा छ ? छ भने उहा“को मुण्डन कसले गरिदिएको हो बताउन सक्नुहुन्छ ?” मन्त्रीले संयमित भएर जवाफ दिए– मेरो मुण्डन भएको छ कि छैन भनी म भन्न सक्तिन । कतिपय सदस्यहरू कराए– “मन्त्रीज्यूको मुण्डन भएको छ । हामी सबैले देखिराखेका छौं ।”

मन्त्रीले भने— “सबैले देख्दैमा केही हुँदैन । सरकारले देख्नुपर्छ । मेरो मुण्डन भएको छ कि छैन भन्नेबारे सरकारले जा“च गर्ने छ ।”

एकजना सदस्यले भने– “यसको जाँच अहिल्यै हुनसक्छ । मन्त्रीज्यूले एक पटक आफ्नो हातले टाउको छामी हेर्नोस् त !”

मन्त्रीले जबाफ दिए– “म आफ्नो हात टाउकामा पु¥याएर कदापि छामी हेर्दिन । सरकार यस मामिलामा जल्दबाजी गर्दैन । तर म बचन दिन्छु– सरकारले यसबारे विस्तृत जा“च गराएर सम्पूर्ण तथ्य सदनमा प्रस्तुत गर्नेछ ।”

सदस्यहरू चिच्याए– “यति जाबो कुराको के जाँच गरिरहनु पर्छ र ? शिर तपाईंको, हात पनि तपार्इंकै । आºनो हातले आफ्नै शिर छाम्नमा मन्त्रीमहोदयलाई के को आपत्ति ?”

मन्त्रीले भने– “शिर मेरो हो र हात पनि मेरै हो भन्ने कुरामा म सदस्यहरूसित सहमत छु । तर हाम्रा हातहरू परम्परा र नीतिहरूसित बा“धिएका छन् । म आºनो शिरमा हात राख्न स्वतन्त्र छैन । सरकारको एउटा नियमित कार्यप्रणाली हुन्छ । विरोधी सदस्यहरूको दबावमा आएर उक्त प्रणालीलाई भ¨ गर्न म सक्तिन । सदनमा म यसबारे वक्तव्य दिउ“ला ।”

साँझ, मन्त्रीज्यूले सदनमा वक्तव्य दिए—
“अध्यक्ष महोदय ! सदनमा मेरो मुण्डन भएको छ कि छैन भन्ने प्रश्न उठाइयो । मुण्डन भएको छ भने कसले गरेको हो भन्ने पनि सोधियो तर यो प्रश्न साह्रै जटिल छ । यसबारे तुरून्तातुरून्ति कुनै निर्णय दिन सरकार सक्तैन । मेरो कपाल खौरेको छ कि छैन म पनि भन्न सक्तिन । पूरापूर जाँच नहुन्जेलसम्म यसबारे सरकार केही भन्न सक्तैन । त्यसैले यसको जाँच गर्न सरकार तीन सदस्यीय एउटा जाँच समिति नियुक्त गर्दैछ । जा“च समितिको प्रतिवेदन म सदनमा प्रस्तुत गरौंला ।”

सदस्यहरूले भने– “यो मामिला कुतुव मिनारको होइन, जो सयौं वर्ष जाँचको लागि ठडिरहोस्, यो तपार्इंका कपालको मामिला हो, जो बढ्दै पनि जान्छ, काटिंदै पनि जान्छ । यसको निर्णय तुरून्तै हुनुपर्छ ।”

मन्त्रीले जवाफ दिए– “मेरो कपाललाई कुतुव मिनारसित तुलना गरेर मेरो अपमान गर्ने अधिकार सदस्यहरूलाई छैन । जहाँसम्म मूल समस्याको सम्बन्ध छ सरकार जाँचभन्दा पहिले केही गर्न सक्तैन ।”

जाँच समिति वर्षौसम्म जाँच गर्दै रह्यो, यता मन्त्रीको शिरमा कपाल बढ्दै गयो ।

एकदिन मन्त्रीज्यूले जा“च समितिको प्रतिवेदन सदनमा प्रस्तुत गरे । जाँच समितिको निर्णय यही थियो– “मन्त्रीज्यूको मुण्डन भएको छैन ।” सत्ताधारी पार्टीका सदस्यहरूले हर्षध्वनिसाथ यसको स्वागत गरे ।

सदनको अर्कापट्टिबाट ‘धत्तेरी धत्तेरी’ को आवाज आयो । विरोध चर्कियो– “यो एकदम झुट्टा हो । मन्त्रीज्यूको मुण्डन पक्कै भएको थियो ।”

मन्त्रीले मुसुक्क हाँस्दै उठेर भने– “यो तपार्इंको विचार हुनसक्छ । तर प्रमाण त चाहिन्छ । आज पनि तपाईंहरूले प्रमाण दिन सक्नुभयो भने म तपाईंहरूको भनाई मानिहाल्छु ।” यसो भनेर उनी आºनो हातले मुन्द्रे कपाल मुसार्न थाले, सदन अर्कै समस्या सुल्झाउनेतिर व्यस्त भयो ।

– मूल लेखक : हरिशंकर प्रसाई
(विजया, सामूहिक सङ्कलन, प्रथम वर्ष/प्रथम अङ्क, २०२७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x