साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रधानमन्त्री बोल्नुभोे

Nepal Telecom ad

“बोल्नुभो ! बोल्नुभो ! बोल्नुभो ! प्रधानमन्त्रीले मुख खोल्नुभो ! आजको ताजा खबर !” एकाबिहानै पत्रिका बेच्ने भाइले कराएको सुनेर म झटपट उठेँ । हत्तपत्त पत्रिका ल्याएर त्यो सनसनीपूर्ण समाचार पढेँ । समाचार पढेपछि मलाई स्कुल पढ्दाका दुई जना साथीको याद आयो ।

एउटा साथी थियो, भक्त । भक्तको रोग थियो, कुरा अड्किने । सरले उसको रोल नम्बर २१ बोलाउँदा ऊ उठ्थ्यो र रोल नम्बर २७ बोलाउँदा ‘यस सर’ भन्थ्यो । २१ नम्बर आउँदा बाएको मुखले २७ नम्बर आएपछि मात्रै आवाज निकाल्थ्यो ।

छत्रपति त्यस्तै अनौठो थियो । ‘एसियाकै अल्छी’ भनेर ऊ स्कुलमै चर्चित थियो । साथीहरू के भन्थे भने छत्रेका तिघ्रामा आगोको फिलुङ्गो राख्यो भने पनि उसले ‘आत्था’ भन्न हतार गर्दैन, लेघ्रो तानेर ‘आऽऽऽथाऽऽऽ’ भन्छ । त्यस्तो लोसो ।

देशमा बाढी–पहिरोले विनाश गर्न थालेको एक महिना हुन लाग्यो । सुरुमा सुनकोसी थुनिएर हाहाकार भयो । विपत्तिको त्यो समाचार सहयोगीहरूले प्रधानमन्त्रीलाई उत्तिखेरै दिए । तर, उनले त्यो कुरा केही दिनपछि मात्र थाहा पाए । थाहा पाएको केही दिनपछि उनलाई त्यस विषयमा केही बोल्नुपर्छ भन्ने अनुभूति भयो र बोल्ने प्रयास गर्न थाले ।

प्रधानमन्त्रीको बोली नफुट्दै देशका विभिन्न ठाउँमा पहिरो र बाढीले धनजनको ठूलो क्षति ग¥यो । सुर्खेत, दाङ, रौतहट, धनुषा, सुनसरी, उदयपुर, बर्दिया हुँदै प्रधानमन्त्रीको गृहनगर नेपालगन्जलाई पनि बाढीले डुबायो । सयौँ जनताको ज्यान गयो, सयौँ बेपत्ता भए र हजारौँको उठीबास भयो । समाचार सुनेर प्रधानमन्त्री स्तब्ध भए । जनता बाढी र पहिरोमा डुबे, प्रधानमन्त्री शोकमा डुबे । उनी बालुवाटारबाट बाहिर निस्कनै सकेनन् । ओछयानमै हराए ।

प्रधानमन्त्री हराएकामा संसद्मा हङ्गामा भयो । उनकै दलका सभासद्हरूले प्रधानमन्त्रीको अनुहार हेर्न पाउनैपर्छ भन्ने माग गरे । त्यो कुरा थाहा पाएपछि उनी अलिअलि हल्लिए । उनले आफू सदनमा जानुपर्ने कुरा महसुस गरे । त्यसको केही दिनपछि उनी उठे र त्यसको केही दिनपछि संसद्को बैठकमा पुगे । प्रधानमन्त्रीलाई संसद्मा देखेर खुसी र आश्चर्यले सबै गद्गद् भए । तर, उनले संसद्मा बोल्ने कुरा मुखबाट निस्कने बेला भएकै थिएन । उनी नबोली फर्किए ।

बालुवाटार फर्केपछि विज्ञप्ति मार्फत अचानक उनको बोली फुट्यो । विज्ञप्तिमा उनले राष्ट्रिय विपत्तिको यस घडीमा आफू ज्यादै चिन्तित भएको कुरा व्यक्त गर्दै सम्बन्धित सबैलाई युद्धस्तरमा बाढी प्रभावित क्षेत्रमा काम गर्न निर्देशन दिए । यसरी प्रधानमन्त्रीको बोली फुटेको कुरा पत्रिकाले छापेको रहेछ । प्रधानमन्त्रीले रोल नम्बर १ भन्दा नबोले पनि रोल नम्बर ११ भन्दा बोलेका रहेछन् ।

जनताका लागि खुसीको कुरा, प्रधानमन्त्रीले विज्ञप्तिमा उपयुक्त समयमा प्रकोप प्रभावित क्षेत्रमा भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । यो बेला पहिरो र बाढीले गाउँहरू डुबेका छन् । चारैतिर हाहाकार छ, रुवाबासी छ, आतङ्क छ । पुल र सडकहरू ध्वस्त छन् । रोगव्याध फैलिएको छ । यस्तो दुःखका बेला प्रधानमन्त्रीले बालुवाटार छाड्न मिल्दैन । त्यसैले प्रकोप पीडित जनता ढुक्क हुनू, प्रधानमन्त्रीज्यू उपयुक्त समय आएपछि कुनै न कुनै दिन भ्रमणमा आउनुहुनेछ । तिमीहरूका लागि केही शब्द अवश्य बोल्नुहुनेछ ।

‘नेपाल’ अङ्क ६१०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x