साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घडीहरूको हडताल

Nepal Telecom ad

सायद मैले समय चिन्न सकिन भनेर होला
तिम्रो मूल्याङ्कनमा म
अन्धो प्रमाणित भएरै त होला
साथी ! उपहार दिएछौ
तिम्रो ठम्याईमा बिग्रेको घडी ।
तिम्रो उपहारलाई सप्रेम बोकेर म
समय मिलाउन घडीपसलतिर लागें
अचम्म !
त्यहाँ पनि घडीहरू बन्द थिए,
त्यहाँ पनि घडीहरू बिग्रेका थिए ।

हिजो बजारबाट रिक्सामा फर्कदा
तिमीले आधा भाडा घटाउन खोज्यौ
मैले लागेको भाडा दिनुपर्छ भनेँ
अस्ति बिरौंचे दर्जीकहाँ पाइन्ट सिलाउँदा
तीन चौथाईमात्र ज्याला दिन खोज्यौ
मैले पूरापूर ज्याला दिनुपर्छ भनेँ
गतसाता अफिसमा विष्णुविलास विहारी
ब्रिफकेस लिएर नागरिकता लिन आयो
मैले त्यसरी दिनुहुन्न भनेँ
धार्नीका कोदालीले दिनभरि
आली ठोकेका पाथेकाली साइँलालाई
ज्याला भर्दा तिमीले
बाङ्गो पाथी भर्न खोज्यौ
मैले सिधा भर भनेँ
अढाइ मनको भारी बोकेर असारमास अखुवा तर्दा
ढाकर बगाएपछि
दिल्पाली माइलालाई दोब्बर हर्जाना तिराउन खोज्यौ
मैंले उल्टो उसलाई
नयाँ ढाकर किनिदिनुपर्छ भनेँ
उसका पकाउने पस्कनेको क्षतिपूर्ति हुनुपर्छ भनेँ
वयरबनमा बाघले बाख्रा मा¥यो
गोठालो गोविन्देलाई तिमीले सिस्नुपानी लगायौं
मैले सक्ने भए बाघलाई जरिवाना गर भनेँ
सायद मैले समय चिन्न सकिन भनेर होला
तिम्रो मूल्याङ्कनमा म
अन्धो प्रमाणित भएरै त होला
साथी ! उपहार दिएछौ
तिम्रो ठम्याईमा बिग्रेको घडी ।
तिम्रो उपहारलाई सप्रेम बोकेर म
समय मिलाउन घण्टाघरतिर लागेँ
अचम्म !
त्यहाँ पनि घडी बन्द थियो ,
त्यहाँ पनि घडी बिग्रेको थियो ।
सबैतिर घडीहरू बिग्रेका थिए ।

सोधें
पसलका घडीहरू किन बन्द छन् ?
घण्टाघरको घडी किन बन्द छ ?
ज्वाफ आयो घडीपसलबाट
ज्वाफ आयो घण्टाघरबाट
मान्छेहरूका नालायकी विरुद्घ
घडीहरू हडतालमा छन् ।

गोगने ८, भोजपुर
हाल : कीर्तिपुर, काठमाडौं
calm.kp@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x