साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रायोजकको खेल

Nepal Telecom ad

अरु बेला ‘ठूली काका’ बोल्न थाल्दा मौनब्रत धारण गर्नु नै कल्याण ठान्ने ‘लालु डोट्याली’ आज काकासँग कडकिएर प्रस्तुत हुँदा सँगै बसेका ‘त्यारी बा’ चित परे । आफूले काबुमा राखेको डोट्यालीको यो रूप देखेर स्वयम् काका ट्वाँ परे तर डोट्यालीको कड्काइ रोकिएन ।

“…एक नि होइन, दुई दिन होइन, सँधै हेप्या छ, हेप्या छ । मान्छे नगन्ने हामीलाई । तिमी मात्र जान्ने सुन्ने अरु सब बेवकुफ हुन कि क्या हो ? व्यवहार गर्ने पनि तरिका हुन्छ नि । तिम्रो त्यो जे जे भने पनि सहने, भ¥याङमुनि बसी आइमाई ओल्र्या हेरी दिन बिताउने कात्र्तिके भतिजा ठान्या हो कि के हो मलाई ? स्रवा गर्दा आफ्नो गोरुको बाह्रै टक्का नहुने बित्तिकै सत्तामा पुग्दा जनता नचिन्ने तीन “र’’ प्रेमी नेता जस्तो बाउँठिने कस्तो संस्कार हो यो ? मेरो आफ्नो दृष्टिकोण विचार हुँदैन ? तिम्रो जस्तोसुकै विश्लेषणमा सहमत हुनु पर्ने, नत्र तिमीलाई नपच्ने यो कस्तो मानसिकता हो ? तर्क न तथ्यसँग ठूल्ठूलो स्वरले खाउँलाझैँ गरी अर्कोलाई पेलेमा जितिन्छ वा ठूलो होइन्छ भन्ने सोच नै गलत हो । यो बानीले तिमीलाई डुबाउँछ एक दिन । मुख्य कुरा त आफ्नो कुरा कसैले काट्ने बित्तिकै असहिष्णु भई, आँखा पल्टाउदै पाए कुटूँलाझैँ गरी हकार्ने यो कहाँको सभ्यता हो …?”

ठूला काकासँग चुमुक्क हुने डोट्याली यसरी प्रस्तुत हुँदा छक्कको अवस्थामै रहेका त्यारी बाले कुराको छेउटुप्पो फेला पार्न नसकेपछि बाध्य भएर डोट्यालीको “खास कुरा नभनी के फतफताइरहेको” भनी के हकारेका थिए डोट्याली त उनैतर्फ पो खनियो ।

“मलाई नहप्काऊ त्यारी बा ! तिमी पनि कम छैनौ । जाँड टिल्ल धोकेर मोटरसाइकल दुर्घटनामा खुट्टा भाँचिएकोलाई, स्वास्नीसँग बेसमयमा ठट्टा गर्दा ठेलिदिएको पलङ्गबाट लडी खुट्टा भाँचिएको भनी दुनियाँलाई मूर्ख बनाएको जस्तो कुरा होइन यो बुझ्यौ ? इन्द्रीय निल्ने तिम्रो मुख ट्याउँट्याउँ चलाएर तिम्रो सब कुरा दुनियाँले पत्याउँछन् भन्ने नठान तिमी पनि । यो काकालाई बेला बेलामा भट्टीतिर लम्काउने, ट्वाँट तन्काउने, अनि सन्काउनेमध्येको तिमी पनि एक हौँ भन्ने कुरा मलाई राम्ररी था छ । नचाहिने कुरामा उकेरा लगाउँदै भुइँमा न भाँडामा यी त्यसै भएका होइनन् ।”

“लौ मै नै रहेछु काकालाई बिगार्ने, चित्त बुझ्यो ? तर तिमी त्यसै किन सन्की रा’त ? वास्तविक कुरा बताऊ न पहिला । अनि दूधको दूध, पानीको पानी गरौँला नि ।”
डोट्याली बम्कन रोकिएको मौका छापी त्यारी बाले नरिसाइकन यति कुरा राखेपछि डोट्याली अलिक मत्थर हुँदै काकातर्फ कर्के दृष्टि लगाउँदै भन्न थाल्यो । चिनी भन्ने आन्दोलनको ‘म्याण्डेट’ अनुकुल तथा संरचनाको लिखत बनाउने ‘पञ्च भलादमी’ चौतारीको निर्वाचनको तिथिमिति घोषणा तत्काल नगरी, थोत्रो भएर काम नलाग्ने अवस्थामा पुग्या अपाङ्ग लिखतलाई महान् क्रान्तिकारी देखिने सच्याई सुधारी सपाङ्ग बनाउने असफल प्रयत्नमा लागि निकै ठूलो छलाङ मारेको भान पार्न गरेको जमर्को गलत भयो । यो त नयाँ सिर्जना गर्नुपर्छ भन्नेको प्रभाव निमिट्यान्न पार्न खोजी आफ्नो प्रभाव विस्तार गर्ने बेइमानी चाल भएकाले यस्तो भ्रमको खेती कदापि उपलब्धिमूलक उपयुक्त र ठीक हुँदैन ।

म भन्ने अर्को जन्मिने निश्चित नभै सक्या अवस्थामा भा’को संरचना फाल्दा उत्पन्न हुने रिक्तताले सबैलाई डुबाउन सक्ने खतराभन्दा त सुधार्न गरेको जमर्को ठीकै हो नि ! हुन पनि मुखले जन्मन्छ भन्नु र साँचै जन्मेको देख्न पाउनु अलगअलग कुरा हो । यस्तो गफ बाजेको पालामा पनि भा’थ्यो । अझ जन्माउने क्रियाकलापमा संलग्न तदअनुरूपको योग्यता लल्याकलुलुक अवस्थामा रह्यो भने विजारोपण सम्भव हुन्छ ? जन्माउन सक्छु भन्ने आँट विश्वास, भरोसा, निश्चितता नभएसम्म परिस्थिति वातावरण सो अनुकुल नबनेसम्म त्यतातर्फ लाग्नु भनेको आफ्नो खुट्टामा आफैँले बञ्चरो हानी खुट्टा छोट्याउनु होइन र ? यिनको बुझाइमा वास्तविकता हेरी युक्तिसङ्गत व्याख्या गरी दिशानिर्देश गर्नुपर्छ भन्ने मान्यता राख्ने बुझक्कड जति प्रतिगामीकारी हुन् सो को विपरीत धारमा हिँड्ने झक्कड जति अग्रगमनकारी ठहरिने भएसी यिन्को बुद्धिलाई ‘घाँस खाएको’ नभनी ‘भात खाएको’ भन्न मिल्छ ?
डोट्यालीले हुँदाहुँदा आफ्नो बुद्विलाई ठाडै घाँस खानेमा न्वारान गरेपछि अगिनसम्म रातो मुख लाउँदै सहँदै बसेका काका रनक्कै रन्केर डोट्यालीको गर्धन च्पाप्पै पक्रिई कछाड न कट्टुु तरिकाले बम बम हुँदै उफ्रन थाले ।

“तँलाई जुम्रो, पुछ्न् पनि काम नलाग्ने झुम्रो, जे पायो त्यै भन्छस् ? तँ जस्तो रामदेवको योग आशन सिक्न जाने भनी कामदेवको भोग आशन प्राक्टिस गर्न क्वाविन रेस्टुरेण्टतिर छिर्ने आडम्बरी सिद्धान्तविहीन चालु चैते हो म ? कस्ता कस्ता मै हँु भन्ने अनेकलाई तह लगाएर आएको इतिहास छ मेरो त । फिस्टाले मेरो अगाडि फूर्ति गर्न सुहाउँछ ? अदालतको कानुन अध्यायदेखि वेदपुराणको अध्यायसम्म, गायकी संगीत, नृत्यश्रृङ्खलादेखि हस्त निर्भर कामकलासम्म, स्वास्थ्य, विज्ञान तन्त्रज्ञानदेखि जपतप पूजाध्यानसम्म, जिउ रन्काउने मदमत्त झोलदेखि गाऊ सहर, देश, विदेशको भूगोलसम्म, नारी आभूषण तथा काप प्रदर्शन लघुबस्त्रदेखि विरोधी ठुन्क्याउन प्रयोग हुने सस्त्रअस्त्रसम्म आलु, मुला, भ्यान्टा फलाउने प्रविधिदेखि तहसनहस अनि विनासको चपेटामा परेको राष्ट्रको निधिसम्म, सुशासनका नाममा भ्रष्टाचारको जग मजबुत बनाउने जनप्रतिनिधिदेखि गर्भादानकर्ममा प्रयुक्त हुने खासखास विधिसम्म, सत्ता पाउन रचिएको समझदारीको झेलयुक्त खेलदेखि सैद्धान्तिक विचलन भएकाहरूका बीचको अप्राकृतिक, अस्वाभाविक मेलसम्म, घरझगडा मिलाउन छिमेक ताक्ने, कसुर न बात जेलमा जाक्ने, घरवालीको अनुपस्थितिमा वाहरवालीलाई घरमै डाक्ने, आफ्नो स्वार्थ पूरा हुने देखिए शत्रुको पनि भजन गाई नथाक्ने जस्ता अनेकन कुरा खारेको, तत्सम्बन्धमा ज्ञान राख्ने मलाई तैँले अण्डर इष्टिमेट गर्ने, फुस्काई दिउँ हग्ने हड्डी ? बढी हुन्छस् ?..”

गाली गर्ने क्रममा अलिक घाँटी थिचिएर होला निसास्सिएर डोट्यालीले “घारघुर” आवाज निकाल्न थालेपछि काकाले घाँटीबाट हात थुती डोट्यालीलाई मकैको खोचा सरह त्यारी बापट्टि हुत्याई दिए । त्यारी बाले नसम्हालेको भए डोट्याली भुईंमा जोतिने निश्चित थियो । स्थितिलाई सामान्य बनाउन त्यारी बाले त्यसपछि सबैलाई चुरोट अफर गर्नु आवश्यक ठाने । चुरोट सल्काई एक फुर्को धुवाँ छाडेपछि डोट्यालीले अन्तिम कुरा यसरी राख्न पटक्कै हिचकिचाएनन् ।

“हेर काका ! सत्य तितो हुन्छ तर कोही रिसाउँछ भन्दैमा म असत्यको पक्षपोषण गर्न सक्दिन ।”
यस पटक चैँ काकाको अनुहारमा क्रोधको चिन्ह प्रकट भएको देखिएन ।
अस्तु

काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x