साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्रिभुज

Nepal Telecom ad

चिया दोकान र समय बिहानी । मानिसहरूको भीड । गफ सुरु । फुटबलबाट सुरु भएको गफ श्रीमान् कटवालमा आएर बिश्राम लिएको छ । अनायकहरूको स्वास्थ्यमा राष्ट्रको ढुकुटी स्वाहा भएको कुरा पनि उब्जिन्छ ।

“डाकाहरूले लुटे ढुकुटी” अन्तरे झोकिन्छ ।

“सबै रोगी, देसै रोगी, हुने भइयो जोगी” कवि साहिला ।

“साथी हो, मलाई अलि बेग्लै कुराले लखेटिरहेछ केहि दिनदेखि ।” कान्छो मिजार ।

“त्यो कुरा जान्न सकिन्छ ?” मास्टर जेठो । सबैजना मिजार कान्छोको मुख ताक्छन् । यो गाउँबाट छुवाछुत भागेको धेरै भो । रिजालको छोरी सुनारले र परियारको छोरी अधिकारीले आफ्नो जीवन साथी बनाउदा गाउँमा दीपावली गरिएको थियो । नमूना गाउँ भनेर छापामा आइसकेको हो । धार्मिक सहिष्णुता पनि उस्तै ।

“यो हाम्रो नुवाकोटे बूढाको तीन भाइ छोराले अचम्मको प्रगति गरे । यसको रहस्य के हो ? यिनलाई विदेश पनि जान परेन । गाउँमै त्यत्रो महल, शहरमा पनि पाँच तले तीन तीन महल, कारै कार !” आश्चर्य प्रकट गरे कान्छो मिजारले ।

“त्रिभुज, त्रिभुज ।” बोले प्राध्यापक माहिला ।

“सर, हजुर जहिले पनि बिम्बमा कुरा गर्नुहुन्छ, इश्वर बल्लभझैं । हामी सोझो मान्छे, सोझै अभिधामै जावोस् ।” नेपाली साहित्यमा स्नातकोत्तर गरेका विश्वकर्मा जन्तरे ।

“तीन भाइ हुन् नि नुवाकोटे बूढाका ? हो, यी तीन जनामा जेठोले पढ्न सकेन, बजारमा होटेल खोल्यो, मासु रक्सी खानेहरूको भीड । जे पनि खान पाइने होटेल । पैसा जाबो कति कति ! होटेलमा जथाभावी खानेहरू पेटको रोगी । माहिलो भाइ नामुद डक्टर, पेटको । आफ्नै क्लिनिक । पैसै पैसा । कान्छो भाइको औषधि पसल ! लु, होटेल– अस्पताल र औषधि पसललाई ज्यामितीय चित्रद्वारा देखाएमा के बन्छ ? त्रिभुज, होइन ? यो त्रिभुजको कमाल होइन त ?”

“सरसित सकिन्न, गणितको गुरु !” अन्तरे ।

“त्रिभुज –जिन्दावाद !” सामुहिक स्वर । चिया पसले जिल्ल ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x