जीवन ‘पीडित’ दाहालहौवा
निकै गर्मी भएकाले एउटा चिसो खाएर केही समयका लागि भए पनि तनको गर्मी मेटाउँनु प¥यो भनेर एउटा चल्तीको किराना पशलमा गएर उभिएँ, मैले सधैंजसो सरसामान खरिद गर्ने गरेको । मजस्ता अरु पनि धेरै मानिसहरू मभन्दा अघि भएकाले केहीबेर मेरो पालो आउँने सम्भावनानै भएन त्यसैले पालो पर्खेर अलि पछिल्तिर उभिन बाध्य हुनपुगेँ ।
एउटाले पुरुषले भन्यो– ‘ए ! भाइ डिडिसी घिउ छ ?’
‘डिडिसी त छैन तर डिडिसीभन्दा राम्रो रामदेव घिउ छ हजुर, राखिदिउँ ?’– पसलेले चाप्लुसीपूर्ण लवजमा भन्यो ।
‘देऊन न त एक किलो ।’ पशलेले ग्राहकलाई घिउ दियो । ग्राहक पैसा तिरेर बाटा लाग्यो ।
अर्काले माग ग¥यो– ‘भाइ मलाई रामदेव आँटा ।’ उसले पनि आँटा पायो र पैसा तिरेर बाटो ततायो ।
अरु पनि ग्राहकले उसै गरी आफूलाई चाहिएका सामग्री माग्दै गए–
भाइ मलाई रामदेव स्याम्फु ।
नुहाउँने साबुन ।
रामदेव फेसक्रिम ।
बिस्कुट ।
च्यवनप्रास ।
चनाको दाल ।
टुथपेष्ट ।
……….
……….
मान्छे पातलिएपछि बल्ल म पसलेका प्राथमिता पर्न पुगेंछु अनि उसले मलाई सोध्यो– ‘तपाईलाई चाहिँ के दिउँ दाइ ?’ र तुरुन्तै सान्त्वना पनि दिए झैं ग¥यो, निकैबेरदेखि उभिएको उभियै हुनु भो ।’
म बोल्न नभ्याई स्कुल पढ्ने स–साना दुइवटी बालिका आए । उनीहरूमध्येकी एउटी बालिकाले माग गरी– ‘अङ्कल मलाई रामदेव पाउँ दिनु न ।’
उसको माग पूरा नहुँदै अर्की बालिकाले माग गरी– ‘मलाई त रामदेव फ्यान्टा ।’
जुरोपानी–४, झापा
हाल : काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest







































