साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असहमति सप्ताह ?

Nepal Telecom ad

आजैदेखि चल्यो हजुर, सहमतिको सप्ता ।
संविधान पाइने भो, कति मजा हप्ता ।।
शीर्ष नेता तीर्थ सम्झ, छसय एक भेडा ।
बर्सौ बर्ष मिलिरन्छ, बर्फी लड्डू पेडा ।।१।।

गम्भीर छन् अधीरका, छलफल कल ।
वाक्युद्धमा चल्न थाल्छ, भदौरे कुभल ।।
संविधान सभा अब, फाल्तु जोक्कर भयो ।
छ सय एक् बबुरा हो, जागिर ओख्खर भयो ।।२।।

छलछाम ‘वाद’ यिन्को, तदर्थ हो नीति ।
ठालू पल्टी भालु बन्ने, अनर्थको थिति ।।
संविधान बन्यो भने, कानुन मान्नु पर्छ ।
शीर्ष भई बस्न हाम्ले, सधैं जान्नु पर्छ ।।३।।

सर्ब पक्ष मिली अब, सभा बनाएर ।
खोरमा थुनौ भेडा सबै, दाम्लो लगाएर ।।
छलको फल चखाउँछौ, सप्ता लगाएर ।
माइनस किन हुने हामी, विधान बनाएर ।।४।।

नोकरचाकर जय गाउँ, भय हुन्न सत्ता ।
लाख तलब काखमा छ, अझै खाउँ भत्ता ।।
विदेशमा युवा पुर्याऊ, बुढाबूढी राख ।
विरोध गर्ने क्वै हुँदैन, खाऊ लाखौं लाख ।।५।।

गोलमेच् त मेच्को रक्षा, गर्ने नौटङ्की हो ।
बगलीमा छुरा बोक्ने, हामी जङ्गी नै हो ।।
तारे होटेल रिसोर्टमा ,रौसी रोस्ट टोस्ट ।
भकुर्छौ है, गेट पाले हो, बजाउ घन्ट शङ्ख ।।

सहमती सहकार्य एकताको कुरा ।
द्यौता जस्तै अमूर्त हो, बुझ साना भुरा ।।
बालुवाको घर बन्छ, ढुङ्गा टुसाउँछ ।
उन्यु फुल्दै सप्ताहले, जगै हसाउँछ ।।

धादिङ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x