साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विन्द्रासैनी

Nepal Telecom ad

प्रिय विन्द्ररासैनी
मरुतहरूको सहायता लिएर
दह्रो पहाड भत्काउन
महान् मरुद्गण लिएर
नेपा उक्लिएको छु
ऋत्वििकहरूसँगै
जन गायकहरूको स्तुतिमा
प्रभावित भएर
वज्रधारण गर्दै
इन्द्रजौ भएर फुलेको छु
युद्धहरूको बगैंचामा
उपासक भएर
हजारौँ उत्कृष्ट धन गुमाएर
विनद्रासैनी टेकेको छु
शत्रु मार्नका लागि
जलवर्षक वर्षाउँदै
मेघझैं चट्किएर
घनश्याम रोइरहेछ
विन्द्रासैनीको पाखरमा
कर्तव्यनिष्ठ यात्रा गर्दै
पैँतालीस ऋतुहरू पार गरेर
शत्रुलाई पराजीत गर्न
युद्ध लडिरहेकै छु
तिमी पनि त्यसरी नै
आज लडिरहेकै देख्दा
मुटुबाट भएभरको पानी उम्लियो
तिम्रो बलेसीमा
तिमीद्वारा रक्षा गरिएका
हृदयका तोपहरू
मानिसको हृदय खोजिरहेका थिए
हाम्रा मानिसहरू
दुम्सीझैं नाचिरहेछन्
म चाहन्छु
उनीहरू मानिस बनुन्
मुड्कीले हानेर
हृदय मार्न सकिन्न
दुम्सीका काँडाझैं
जिङ्रिङ्ग परेका मुड्कीहरू
तिम्रो छातीमा बज्रेको देख्दा
लक्ष्मणझैं ढलेँ
तिम्रो आँगनमा
प्रिय विन्द्ररासैनी
कर्णालीको बेगझैं
म रोएको छु
तिमीद्वारा रक्षा गरिएका
कोइलीसँग
सामथ्र्यशाली उपासना गर्दै
तिम्रो स्तुति गरिरहेछु
कर्णालीको पिठ्यूँमा बसेर
तिम्रो सुन्दर चिउँडो
मलाई सलामी गर्छ

रचना गरिरहेछु
तिमीप्रति
स्वीकार गर
मेरा मालिकहरू भनिरहेछु
मेरै अगाडि
तिमी जस्ती, सर्वद्रष्टालाई
आरोले झैं चिरेको देखेर
घनश्यामहरू
आकाशबाट
पिलपिल गरिरहेछन्
प्रिय विन्द्रासैनी
मेरा उपासनाहरू स्वीकार गर
तिमीसँगै रहेका मूर्तिहरू
प्रसिद्धी कमाइरहेछन्
मलाई उत्साहित पारेर
यतिबेला
आत्मसात्कार गरिरहेछु
सालकोटमा बसेर
विझाउँछ
पोखरीकाँडा
नाउलेले
बोकेका अन्नहरू
समिद्ध अग्निझैं बलिरहेछन्
प्रज्वलित मन
सत्कर्मको बाटो खोजिरहेछ
प्रिय विन्द्रासैनी
कण्र्नालीको गति
कुशको आसनमा बसिरहेछ
म तिमीलाई
नियाली रहेछु
मेटुको पर्दाबाट

तिमीसँग बुद्धि मागीरहेछु
हिंसारहित गतिशील समाज बनाउन
मेरा स्तोत्रहरू
मालिकहरूकहाँ पुग्ने छन्
तिमीले दिएको कलाझैं
मैले द्युलोक
निमार्ण गर्दैछु
प्रिय विन्द्रासैनी
वीरहरूको संरक्षण गर्न
म नजिकै
तिमी भएका ठाउँ आउन
हाम्रा मालिकहरूका
महान् नायक हौ
प्रिय विन्द्रासैनी
पूर्णरुपले समाज सृष्टि गर्न
शक्ति देऊ
मानिसहरूलाई ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x