साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूमिगत एम्बुस

Nepal Telecom ad

अहिले बजेको छ रातको साढे एक
भोलि विहान सखारै उठ्नुपर्ने बाध्यताको स्मरण गराई
मेरी प्रिया डाकिरहेछिन् मलाई
तर, अहँ,
मलाई पटक्कै छैन निद्राको भोक
अपशोच,
बारिरहेछु, इमान, मूल्य–मान्यताको शोक
एकाविहानै अखबारमा पढेथें एक कविता
दोहोर्याई तेहेर्याई, दोहोर्याई तेहेर्याई,
ढक्क फुलेथ्यो मुटु
सन्न भएथ्यो मस्तिष्क
‘कति चर्को अनुभूति’ अनायासै चलेथ्यो ओठ
सलाम गर्दै कविलाई
खोज्न थालेथें तिनले झै
मेरा वरपरका प्रायोजित मुस्कानहरूरभूमिगत मस्तिष्कहरू
सुतुरमुर्गको टाउकोझै भूमिगत
ठालुका यावत प्रणालीहरू
भूमिगत भइरहेका र भइसकेका
उसका एजेण्डा र निर्णयका प्रतिलिपिहरू
अहिले बजेको छ रातको साढे एक
व्यतीत भइरहेको आफ्नो ऊर्जाशील युवावयलाई सम्झँदै
लेख्न बसेको छु कविता
जाऊ प्रिय जाऊ, तिमी सुत्न जाऊ
म तिम्रो छातीभित्र पिलिएको
–अनगिन्ती कुण्ठाहरूको कविता लेख्छु,
तिम्रो मस्तिष्कमा बाटो खोजिरहेको
–अनगिन्ती दोबाटोका कविता लेख्छु
तिम्रो कलेजोमा रोपिएको
–अनगिन्ती अपमानहरूको कविता लेख्छु
तिमीजस्तै लाखौं सँगीहरूको टाउकोमा कुदिरहेको
वर्गयुद्ध र मुक्तिको सपनासँगै
–ढोग र कुटिल हाँसोको कविता लेख्छु
–धुर्त्याइँ र पाखण्डी प्रपञ्चको कविता लेख्छु
शेयर मार्केटका ब्रोकरले झैं
हमेशा सपनाको खरिद–विक्री गरिरहेका
–कथित शेयर होल्डरहरूको कविता लेख्छु ।
भो प्रिय अब अलमल नगर
जाऊ, सुत्न जाऊ
बरु सपनामै भए पनि सयर गर
सदियौंदेखि कल्पेको त्यो साम्यवादी गाउँ
यो स्याल कराउने रातमा
म मैले देखेको
–एक–एक घृणित चालबाजीको कविता लेख्छु
बैंस नआई निमोठिएका
–कलिला सपनाहरूको कविता लेख्छु
भित्रभित्रै फैलिएको
–जासुसी जालोको कविता लेख्छु
तिमी ढुक्क होऊ प्रिय,
हाप्सिलो कराइरहेको यो रातमा
म डराउन्न,
लाटोकोसेरोको डरलाग्दो आवाजसँग
तिमी झैं म पनि प्रतिक्षारत छु
युद्धकालका भूमिगत एम्बुसझै
कुनै बेला त पड्केलान् नि !
भूमिगत हुन नसकेका
ढोंग, धुर्त्याइँ र पाखण्डी प्रपञ्चहरू !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x