साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुसिलकिरा

Nepal Telecom ad

झुसिल्किरा अहा कस्तो कति कोमल सुन्दर
शान्त सौम्य र निर्दोष हेर्दैमा छ मनोहर ।
खरायोको ऊन जस्तै भुवाको वस्त्र कोमल
मौन वाणी स्निग्ध आँखा चाल चल्दछ सल्बल ।।

अनगिन्ती हात गोडा कहाँ के के समाउँछ
बगैंचाको हरीयोमा राज गर्दै रमाउँछ ।
कमला फूलका पत्र कमला पातका मुना
निःशव्द भै चपाएर पचाई बस्छ दिन्दिन ।।

फूलका पत्रको खाजा बास्ना केशरको धुलो
सुग्घरी ठाँटमा बस्छ लाग्न दिन्न कतै हिलो ।
फूलबारी छ बिर्ता झैं माली छन् सब सेवक
पुर्पुरो नै बलियो छ झुसिले मोज गर्दछ ।।

न कुनै कामको चिन्ता न कुनै मनमा व्यथा
फूलको डसनामाथि परीको कल्पना कथा ।
चराचुरुङ्गी छन् शत्रु देख्तैमा चाल पाउँछ
कुनातिर लुकी बस्छ भित्रभित्रै हराउँछ ।।

मालीले छुन खोज्दामा उसका कलिला भुवा
चिलाउने झूस बन्छन् मालीको हुन्छ दुर्दुवा ।
सिन्को लिई चलाएमा गुँडुल्किन्छ सरक्कन
दया लाग्दो बनी बस्छ मन नै थाल्छ पग्लन ।।

विभिन्न रङगका फूल खाएर तिनको रस
पखेटामा सजाएर पुतली बन्न पुग्दछ ।
आकाशमा सैर गर्छ मस्कँदै मस्त चालमा
परी झैं पुतलीसाथ नाचे झैं ताल तालमा ।।

विश्व नै उसको देश स्वागतम् छ सबैतिर
सबैतिर छ सम्मान चर्च या मठ मन्दिर ।
फूलकै पत्रका बीच हुर्कन्छन् उसका भुरा
कहिलेको पुण्यले हो भाग्यमानी झुसिल्किरा ।।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x