सुलसुलेकुलपति सरुभक्त सम्मानित
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, प्राज्ञ सभा सदस्य प्रकाश घिमिरे नेपाल र रमेश श्रेष्ठलाई पोखरामा सम्मान गरिएको छ ।
पोखरेली युवा सांस्कृतिक परिवार, हिमाली सांस्कृतिक परिवार, सङ्गीत प्रतिष्ठान केन्द्र, र्याण्डम रिडर्स सोसाइटी, साहित्यकार सरुभक्त सरोकार केन्द्र, अलिमिया लोक वाङ्मय प्रतिष्ठान, सृजनशील कलाकार समूह र भैरव सांस्कृतिक समूह लगायतका संस्थाहरूले स्रष्टाहरूलाई सम्मान गरेको हो । तीनैजना स्रष्टालाई क्षेत्रीय प्रशासक दिनेश थपलियाले बधाई ज्ञापन गर्दै सम्मान प्रदान गर्नुभएको थियो ।
लोककवि अलिमिया लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुनरावेदन अदालतका न्यायाधीश डिल्लीराज आचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, ङ्गीत प्रशिक्षण केन्द्रका अध्यक्ष सुरेन्द्रमान विजुक्छे लगायतले बधाई मन्तव्य राख्नुभएको थियो ।
प्रस्तुति– अरुणबहादुर खत्री ‘नदी’
Subscribe
Login
0 Comments
Oldest












































