साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काँगडा

Nepal Telecom ad

अल्लोल् लागेको छ
मलाई
कौसस् खाएर
काला काँडा उक्लिएको छु
कमरेड
काँगडा मेरो बारी हो
राता सिंहरूलिएर
अरनिका चुली पार गरेर
काला काँडा झरिरहेछु
वायुमण्डलभरी तोपका धूवाँ उडाउँदै
युगयुग फुलिरहने फूल
इन्द्र जौ झैं फुलेर
काँगडा हाँकिएको छु
बारुदको सिद्धान्त अनुसार
नेपाल रच्तै
सतलज नदीझैं
बगिरहेछु
कमरेड यति बेला
मेरो इन्द्र सरोवरका सितहरू
कर्णाली भएर बगेको छ
युगौंदेखि
कमरेड तिमीलाई थाहा छैन
तिमी मिथ्याको क्रान्तिको कुरा गरिहेछौ
तिमीले कहिल्यै
काँकडा मेरो आँगन हो भन्न सकेनौ

युद्धको कलश उठाएर
काँगडा मेरो आँगन हो भनिरहेछु
छलछल गर्दै
तिम्रो भीड
मिथ्या हुरीझैं हिँडेको छ
पिठ्यूँभरी काँकडा बोकेर
तिम्रो शहरमा हिँडिरहेछु
छाति खोलेर
डङ्रङ्ग लडेको विचारलाई
लत्र्याक लत्रुक पार्दै

काँकडा छिरेको छु
अमरसिँहका सपनाहरू लिएर
काँकडालाई
धुजाधुजा पारेको हेर्न सक्दिन
कमरेड
अणुबमभन्दा शक्तिशाली बम लिएर

काँकडातिर लम्किएको छु
विशाल युद्धको मोर्चा लिएर
कमरेड
तिम्रो युद्ध जस्तो मेरो युद्ध हुँदैन
काँगडा आफ्नो नबनाई
संविधान लेख्न बस्दिन
कमरेड तिमी मनुष्य होइनौ
मेरा मान्छेहरूले
काँगडामा
चन्द्र सूर्य झण्डा फरफराइए पछिमात्र
संविधान घोषणा गर्नेछु
तिमी जस्ता औतारी कमरेडहरू फाँड्दै
हो काँगडातिर लम्किरहेछु
काँकडा
हाम्रो जाति हो
अणुबमहरू ढड्डी छिचोल्दै
नेपाली झण्डा फरफराइ रहेछु
कमरेड
चुनारो टोक्दै
मेरा मान्छेहरू लिएर
अघि बढिरहेछु
इतिहास खोज्न
मानसरोवरका धुवाँ भएर
फैलिरहेछु ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x