साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिस्नुपानीको हास्यव्यङ्ग्य उत्सव

Nepal Telecom ad

नेपाली हास्यव्यङ्यका सिद्धहस्त शिल्पी भैरव अर्यालको जन्मदिन असोज ५ गते । हास्यव्यङ्ग्य क्षेत्रमा क्रियाशील संस्था सिस्नुपानी नेपालले राजधानीको भृकुटीमण्डप परिसरमा हास्यव्यङ्ग्य उत्सवको विशेष कार्यक्रम आयोजना गरेको थियो ।

सिस्नुपानी नेपालले भैरव अर्यालको स्मृतिलाई हास्यव्यङ्ग्य उत्सवका रूपमा कविगोष्ठीको आयोजना ग¥यो । दिवङ्गत भैरव अर्यालको तस्बिरलाई प्रमुख अतिथि बनाएर आरम्भ गरिएको उत्सवका विशिष्ट अतिथि हुनुहुन्थ्यो अर्यालका समकालिन स्रष्टा श्रीधर खनाल । अन्य अतिथिहरूमा रोचक घिमिरे, सुषमा शर्मा, विष्णु प्रभात, कालीप्रसाद रिजाल, नरेन्द्रराज पौडेल आदि । समारोहका अध्यक्ष हुनुहुन्थ्यो सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे ।

देवी घिमिरेले कवितात्मक स्वागत गरेपछि श्रीधर खनालले भैरव अर्यालको तस्विरमा माला अर्पण गरेपछि रोचक घिमिरेले भैरव अयालको ‘कुकुर स्वर्गे भयो’ कविताको पृष्ठभूमि उल्लेख गर्दै बाचन गर्नु भएको थियो ।

यसरी भैरव अर्यालकै व्यङ्ग्य कविता प्रस्तुतिबाट आरम्भ भएको हास्यव्यङ्ग्य उत्सवमा झन्डै ३ दर्जन स्रष्टाहरूले आआफ्ना हास्यव्यङ्ग्य सिर्जना प्रस्तुत गरेका थिए । सिर्जना प्रस्तुत गर्नेहरूमा शिशिर योगी, जय गौडेल, काली प्रसाद रिजाल, सुषमा आचार्य, नरेन्द्रराज पौडेल, बमबहादुर थापा जिताली, हरिकला उप्रेती, अर्जुन पराजुली, नरनाथ लुइँटेल, ललिता दोषी, प्रेम ओली, पुण्य आचार्य, डिल्लीप्रसाद मूलतिउन, जयन्ता पोखरेल, सुमी लोहनी, भुवनहरि सिग्देल, डम्बर घिमिरे हुनुहुन्थ्यो ।

कार्यक्रममा अन्य स्रष्टाहरू चक्र दवाडी, ज्ञाननिष्ठ ज्ञवाली, श्रीधर खनाल, टिकाराम यात्री, प्रवेश पौडेल, विनोदचन्द्र झा, धर्म पोख्रेल, हरिमाया भेटवाल आदिले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमा कोयाङ लामाले मन्तव्य दिनु भएको थियो भने टङ्क आचार्यले मुक्तकबाटै धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको बिट मार्दै लक्ष्मण गाम्नागेले आफनो कविता प्रस्तुत गर्नु भएको थियो । सरोज घिमिरेद्वारा हास्यव्यङ्ग्यात्मक शैलीमा उत्सबको सञ्चालन गरिएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x