केशवराज अर्याल ‘निश्चल’व्यर्थको हेराहेर
पारी एक्लै जवानी तरुनी,
वारी एक्लै जवान म रुनी ।
बीचमा माया बगाउने नदी छ,
लौ न हजुर अब कसो गरुँ नी ।
वारीबाट म चिच्याएँ, पारी सुनिनन्,
पारीबाट उ चिच्याई मैले सुनिनँ ।
आँखाभरी छ मेरो, उनको चित्र,
मलाई मात्र भगवान् के ग¥यौे विचित्र ।
न छ पुल तर्न, नै फड्के तर्न,
व्यर्थको हेराहेर यो मन बटार्न ।
यता गुहारँे न मान्छे न गाउँ,
उता चहारेँ अब के उपाय लगाऊँ ।
उर्लेको छ, कस्तो साउने भेल,
यो माया बिगार्ने दैवको चलखेल ।
बोल्यो, सुनिँदैन, अनि लाजले मुन्टो भुँइतिर,
नलाउँ माया उहितिर खोलाको दुईतिर ।
मेरो सारा खुसी खोलैले बगायो,
भुसतीघ्रे आयो, उसलाई कुदायो ।
एउटा जवानी गयो त्यसै खेरै
उसैले लग्यो म हे¥या हे¥यै ।
आज राती सपना देखेँ कस्तो–कस्तो,
लाग्यो फेरि पनि सुतिरहुँजस्तो ।
चारघरे, नुवाकोट
Subscribe
Login
0 Comments
Oldest








































