साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्नालीको नाममा

Nepal Telecom ad

जानेहरूले
तिमीहरू
कहिल्यै खिया नलाग्ने औजार भनेर गए ।
यति हुँदा हुँदै पनि
हाम्रो मस्तिष्क किन आरन मानिएन ?
हाम्रो बोली किन आगो मानिएन ?
किन हाम्रा मुट्ठीहरू– घन भै दिएनन् ?
किन हाम्रो रगत र पसिना पाइन भै दिएन ?
मानौँ,
बनाइदिनेले हाम्रा औँलाहरू
मात्र
झार उखेल्नका लागि बनाई दिएछन्
नत्र, जति फुटाए पनि चट्टान
किन भेटिँदैन माटो ?
किन भेटिँदैन मूल ?

सहनु भन्यौ–
सहन त सहेकै छौँ– भोक
तर कहिलेसम्म हामीहरूले
निलिइरहनु पर्ने होे– यसरी बालुवा ?

सहनु भन्यौ–
सहन त सहेकै छौँ– तीर्खा
तर कहिलेसम्म हामीहरूले
पिइरहनु पर्ने हो– यसरी आँसु ?

सहनु भन्यौ–
सहन त सहेकै छौँ– अभाव
तर
कहिलेसम्म काखमा बोकिइरहनु पर्ने हो
यसरी क्षयग्रस्त नानीहरू ?

तुइनको लट्ठा चुँडिनमात्र खोज्छ
पिठयूँले
कहिलेसम्म धान्न पर्ने हो
चट्टान खापिएको हाम्रो अनुहारजस्तो कुरुप पहाड ?

सहनु भन्यौ–
सहन त सहेकै छौँ– पीडा
तर
आँखामा सिङ्गो कर्नाली लिएर
कहिलेसम्म बग्न पर्ने हो यसरी ?

सहनु भन्यौ–
सहन त सहेकै छौँ– शोक
तर कहिलेसम्म समाइरहन पर्ने हो
सपनाका अपसगुन पोकाहरू
जो हाम्फाल्न खोजिरहन्छन् कर्नालीमा ?

क्रान्तिको नाम दिएर
हाम्रा छोराहरू लगेथ्यौ
मारिए कि छन् कतै ?
क्रान्तिको नाम दिएर
छोरीहरू लगेथ्यौ
बेचिए कि छन् कतै ?

यति त बुझिदेऊ
अन्धकार र सुख एउटै हो हाम्रो लागि
हामी कोसँग सोधौँ
के कर्नाली
यो देशको मानचित्र भित्र पर्दैन ?

हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
0
Would love your thoughts, please comment.x
()
x