साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनामी

Nepal Telecom ad

पहिलो दृश्य

गरिबीको सुनामीमा फसेकोले होला, लक्ष्मीनाथलाई सुके भनेर सबैले बोलाउने गर्दथे । मकैको खोले, सिस्नुको साग, ढिँडो र स्वादरहित खानाबाहेक उनको मुखमा मीठो–मसिनो कहिल्यै परेको थिएन । पातलो कडा ओछ्यानमा सुत्न विवश थिए उनी ।

दोस्रो दृश्य

सुकेको जीवनमा दोस्रो सुनामी आयो । राजनीतिको छालले उनी छोटो समयमै लक्ष्मीनाथज्यू भए । महँगा रक्सी, पाँचतारे होटेलका परिकार, विदेशी चुरोट, मासु–मिठाई आदिका चौरासी व्यञ्जनले गर्दा उनको शरीर बङ्गुरभन्दा गोलो भयो ।

तेस्रो दृश्य

लक्ष्मीनाथज्यूको जीवनमा तेस्रो सुनामी आयो । अधिक एवम् विषम भोजनको कारण उनी उच्चरक्तचाप, बाथ र मधुमेहका रोगी भए । कीर्ना जस्तो उनको शरीर हेर्दाहेर्दै सुकेमै फर्कियो र अहिले उनी भव्य महलमा पनि चिकित्सकको सल्लाहअनुसार पातलो तन्ना ओछयाएको कडा खाटमा मकैको खोले, सिस्नुको साग, ढिँडो र स्वादरहित खाना खाएर चौथो सुनामीको प्रतीक्षामा जीवन धानिरहेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x