साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो हो चुनावमा धाँधली भएकै हो !

Nepal Telecom ad

करिब सत्र हजार नेपाली मारेकै हो
एक सय सहिदको एक सिटका दरले पनि
करिब एक सय सत्तरी सिटको आस गरेकै हो ।

घाइतेले पनि त भोट हाले होलान्
बिधवा र टुहुराले झन् के छाडे होलान्
तैपनि प्रत्यक्ष सिट आएको त छब्बीस मात्रै हो
हो हो, चुनावमा धाँधली भएकै हो ।

हामीले मानिस बेपत्ता बनाएझैं
उनले भोट बेपत्ता बनाएकै हो
हामीले घर जग्गा कब्जा गरे झैं
उनले बुथ कब्जा गराएकै हो
हामीले गाउँ घर र बैंक लुटे झैँ
उनले भोट लुट्न लगाए कै हो
हो हो, चुनावमा धाँधली भएकै हो ।

त्यस्ता अग्रगामी सोच नयाँ नेपालमा
हाम्रो गौरवशाली पार्टीले ल्याएकै हो
चमत्कारी सोचसाथ अग्रगामी छलाङ मार्न
सर्बहारा बर्गले हामीलाई माला चढाएकै हो ।

चुनाव जित्न हामीले
साम दाम दण्ड भेद सबै लगाएकै हो
हेलिकोप्टर पनि खुब उडाएकै हो
नेपालको पहिलो राष्ट्रपति पोस्टरमा बनाएकै हो
तर कुनै हिसाबले पनि नमिल्दो यो छब्बीस सिट
के हामीले साँच्चै पाएकै हो ?
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x