साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमान ! लिङ्ग परिवर्तन गरौं

Nepal Telecom ad

मेरो हुँदैगो अनुहार सुन्दर
भन्छिन् ‘जुगा खै ?’ गृहिणी सधैंभर
‘कपाल लामो छ सलक्क कोर्नुहोस्
स्वामी नबन्नोस् बरु लिड्ड फेर्नुहोस् !

मुन्द्री झिकी लुर्कन लाउनोस् पति
सहन्छु मेरा गहना हऊन् खति
सेतो सफा यो उरपोश भिर्नुहोस्
ऐना मुसारी अनुहार हेर्नुहोस् !

शृङ्गार धागा गहना नयाँ चुरा
दल्नोस् भिभा लोसन खुल्छ पाखुरा
त्यो रुद्रघण्टी अझ भित्र सार्नुहोस्
रातै मिलाई सिउँदो सिंगार्नुहोस् !

भुँडी खिची कम्मर भित्र तान्नुहोस्
बोली मजाको सुरिलो बनाउँनोस्
नितम्बका चाल लचक्क पार्नुहोस्
मर्छन् युवा हो त भुतुक्क मार्नुहोस् !

को मर्द नामर्द कता बहादुरी
छिमेकले भूमि लुट्यो यतै छिरी
सम्मोहनी मन्त्र चुरा बजाउनोस्
मुसुक्क हास्नोस् र झुकी लजाउनोस्

शिक्षा पुरानो सब योजना नयाँ
नेता नयाँ भाषण झन् नयाँनया
उद्देश्य हो पार्नुछ देश बन्धक
हो लिड्ड फेरौं अब राष्ट्रनायक

नारी बनी मर्द उठी उठी अब
वीराङ्गना हौं इतिहासका सब
श्रीमान् तपाईं अब लिङ्ग फेर्नुहोस्
बिलम्ब भो है दुबिधा नगर्नुहोस् !’—

लाग्यो मलाई उचितै महाशय
सल्लाह हो मान्नु निको सदाशय
आफैं बढे केश खसे सबै जुँगा
मिल्दै गए कम्मरमा नयाँ लुगा

यो प्रेम सन्देश दिएँ छिमेकमा
माया गरे भित्र पसे हतारमा
उन्मादको यो मधुमास मस्त छ
आलिङ्गनै हो तर आँत चुस्तछ ।
सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x