साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्य मेरा देशका नागरिक !

Nepal Telecom ad

एक एक पसिनाका थोपा साँचेर
मोती बनाउँदै/बदल्दै
सन्ततिका गाँस काटेर
बचाउँदै छु/प्राण भर्दै छु म
मेरा देशका रोगी राजनेताहरूलाई ।

नाथे रुकुमका चेली लुटिँदा
जुम्लामा अभावले नागरिकले आँसु पिएर सुत्दा
कालिकोटमा दुई रुपियाँको सिटामोल नपाएर
धेरैले प्राण त्याग गर्न विवश बन्दा
तिनका जीवन चराको या जन्तुको जे होस्
तिनीहरूका आँसु कर्णालीको पानी होस् या अरु
मैलाई के मतलव
र त म दुःखी छैन
कारण अनेकौँ सेता हात्तीहरू
पालेकै छु मेरा बुहुताले ।

तुइनको सहारामा
स्कुले नानीहरू कर्णाली पार गर्दा
खुला आकाशमुनि
एउटै कक्षामा धेरै जना बालबालिका
किताब नपाएर अलमलिँदा
तै पनि मैले मेरा राजनेताहरू त
जोगाएकै छु ।

मेरो अहो भाग्य !
विश्वकै दुर्लभ
धेरैथान सेता हात्तीहरूलाई
स्याहार्न पाएकै छु
त्यसैले किन दुःखी हुनु म
जुन देशका जनता
नुनको अभावमा अलिनो खान्छन्
आहाराको अभावमा भोकै सुत्छन्
त्यही देशका जनता करोडौं खर्चेर राजनेता
बचाउने हैसियत राख्छन् ।

बस्तवमै महान् छन्
मेरा देशका नागरिक
आफू सिटामोल अभावमा मृत्युवरण गर्छन्
तर राजनेतालाई विश्वका
महंगा आलिशान हस्पिटलका शैयाहरूमा
पालैसँग उपचार गराउँछन्÷बचाउँछन्

जोरपाटी– ४, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x