साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छद्म शरणार्थी

Nepal Telecom ad

ऊ जन्मिएको रहेछ मेरो देशमा
त्यसरी नै शायद
जसरी बिना चाह आउन बाध्य हुन्छन्
शरणार्थी र
बाल्यकालभरी
दुध रोटी खेलौना कपडा मागिरह्यो
जे सम्भव थियो जति सम्भव थियो
उसले पायो
मागे जति नपाए पनि
युवा हुन पुग्ने गरी उसले पायो र
उमेरको जुन बिन्दुदेखि
माग्न छाडेर उसका अभिभावकले
बाँड्न सुरु गरेका थिए
उसले भने माग्न …..
केवल माग्न छाड्दै छाडेन र
जति तन्नेरी हुँदै गयो
उति उति माग थप्दै गयो
जिन्स पाइन्टबाट सुरु भयो र थपिँदै गयो
महँगो घडी
मोटरबाइक
ल्यापटप
आइ फोन
कार बङ्गला आदि इत्यादि
हाइफाई जिन्दगी र
टिठ लाग्ने गरी माग बढाउँदै गयो
ऊ आफ्नै भूमिमा त्यसरी माग राख्थ्यो
जसरी माग राख्न बाध्य हुन्छन्
सिर्जनभूमि गुमाएका
शरणार्थी र
उसको माग देख्दा यस्तो लाग्थ्यो
ऊ उर्वर भूमिको देशमा होइन
सहारा मरुभूमिको केन्द्र भागमा जन्मिएको हो
उसको जिद्दी देख्दा यस्तो लाग्थ्यो
ऊ जे खाएर जे लाएर हुक्र्यो
ती सबै सबै जंगली वृक्षमा फलेका थिए
उसको चाहना सुन्दा यस्तो लाग्थ्यो
ऊ जे जे मागिरहेछ
मानिसले ती चिजहरू सपनाबाट टिपेर ल्याएका हुन् र
उसको मस्तिस्क र हातमाथि प्रतिबन्ध लागेको भए
ऊ अकालमै मर्नुपर्ने दिन आएको भए
ऊ नाङ्गै पर्ने निश्चित भएर हिँडेको भए
ऊ भोकै मर्ने सुनिश्चित भएर गएको भए
यो सूचना जारी गर्नुपर्ने थिएन
यो कविता पनि लेख्नुपर्ने थिएन र
ऊ गयो
कहिल्यै नफकिर्ने गरी गयो
अपजसको नाली वातावरणमा वान्ता गरेर
यो देशलाई छाडेर गयो
यस युगको मेरो देशको सबैले चिन्नैपर्ने
निकै नै खतरनाक प्राणी
छद्म शरणार्थी !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x