साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छद्म शरणार्थी

Nepal Telecom ad

ऊ जन्मिएको रहेछ मेरो देशमा
त्यसरी नै शायद
जसरी बिना चाह आउन बाध्य हुन्छन्
शरणार्थी र
बाल्यकालभरी
दुध रोटी खेलौना कपडा मागिरह्यो
जे सम्भव थियो जति सम्भव थियो
उसले पायो
मागे जति नपाए पनि
युवा हुन पुग्ने गरी उसले पायो र
उमेरको जुन बिन्दुदेखि
माग्न छाडेर उसका अभिभावकले
बाँड्न सुरु गरेका थिए
उसले भने माग्न …..
केवल माग्न छाड्दै छाडेन र
जति तन्नेरी हुँदै गयो
उति उति माग थप्दै गयो
जिन्स पाइन्टबाट सुरु भयो र थपिँदै गयो
महँगो घडी
मोटरबाइक
ल्यापटप
आइ फोन
कार बङ्गला आदि इत्यादि
हाइफाई जिन्दगी र
टिठ लाग्ने गरी माग बढाउँदै गयो
ऊ आफ्नै भूमिमा त्यसरी माग राख्थ्यो
जसरी माग राख्न बाध्य हुन्छन्
सिर्जनभूमि गुमाएका
शरणार्थी र
उसको माग देख्दा यस्तो लाग्थ्यो
ऊ उर्वर भूमिको देशमा होइन
सहारा मरुभूमिको केन्द्र भागमा जन्मिएको हो
उसको जिद्दी देख्दा यस्तो लाग्थ्यो
ऊ जे खाएर जे लाएर हुक्र्यो
ती सबै सबै जंगली वृक्षमा फलेका थिए
उसको चाहना सुन्दा यस्तो लाग्थ्यो
ऊ जे जे मागिरहेछ
मानिसले ती चिजहरू सपनाबाट टिपेर ल्याएका हुन् र
उसको मस्तिस्क र हातमाथि प्रतिबन्ध लागेको भए
ऊ अकालमै मर्नुपर्ने दिन आएको भए
ऊ नाङ्गै पर्ने निश्चित भएर हिँडेको भए
ऊ भोकै मर्ने सुनिश्चित भएर गएको भए
यो सूचना जारी गर्नुपर्ने थिएन
यो कविता पनि लेख्नुपर्ने थिएन र
ऊ गयो
कहिल्यै नफकिर्ने गरी गयो
अपजसको नाली वातावरणमा वान्ता गरेर
यो देशलाई छाडेर गयो
यस युगको मेरो देशको सबैले चिन्नैपर्ने
निकै नै खतरनाक प्राणी
छद्म शरणार्थी !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x