साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काग भजन

Nepal Telecom ad

ओए काग !
न तैंले कसैको
कानै लैजान सकिस् !
न तेरो पछाडि
कुद्नेहरूकै कमी भो
बरु आइज यार् काग
लैजा यी ओर्जिनल कान
पछाडि दौडा यो भीडलाई
जल–थल–आकाश–पृथ्वी
कमसेकम् एउटा तथ्यमा
कारणको मेल त हुन्छ
कमसेकम् एउटा दृश्यमा
सत्यको खाता त खुल्छ !
दिनदिनै आइज काग
हुल बाँधेर बथानै आइज
यो भीडमा जति छौं
दोब्बर सङ्ख्यामा आइज
कमसेकम् भीडलाई एउटा
नौलो काग तिहार त हुन्छ !

गोरखा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x