सुलसुलेपुरस्कार तथा सम्मान अर्पण
अभिनव साहित्य समाजको नियमित मासिक कार्यक्रम अन्तर्गत १४२ औँ श्रृङ्खला सम्पन्न भएको छ । हरेक वर्षको मङ्सिर महिनामा हुने यो कार्यक्रम यस पटक साहित्यकार बद्रिनाथ आचार्यको ९१ औँ जन्मजयन्तीको अवसरमा उहाँकै नाममा स्थापित वद्रिनाथ अभिनव छन्दकविता पुरस्कार कवि राजेन्द्र प्रसाद ढुंगानालाई वितरण गरिएको छ । पुरस्कार नगद रु. तीन हजार र सम्मान पत्र रहेको छ ।
कार्यक्रको प्रमुख अतिथि भुवनहरि सिग्देल हुनुहुन्थ्यो । समारोहमा जगदीश पोखरेल, राम बहादुर पहाडी, भुवन थापा, उर्मिला पन्त पाण्डेय, प्रभाकर पाण्डे, इन्दु अंशु जटा, बाजुराम, मेनका पराजुली, ऋचा, जयन्ता, प्रदीप रत्न, इश्वरी कार्की, बाजुराम पौडेल, प्रकाशमणि दाहाल, डिल्ली दाहाल लगायत ३० जना कवि कवयित्रीहरूले कविता वाचनमा भाग लिएका थिए । सो अवसरमा बालकलाकार श्रीधर घिमिरे, मधुसूदन घिमिरे र आशिष घिमिरेले हास्य लघुनाटिका प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष वेदमणि घिमिरेले गर्नुभएको थियो ।
-सुलसुले
Subscribe
Login
0 Comments
Oldest











































