साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्नु छैन देशको बदनाम

Nepal Telecom ad

साथी गर्छु म कामना हर घडी, नेपाल नौलो हुने,
नेतानै यसका महान हुन जो, त्यै प्रभु पाऊ छुने ।
यौटा क्वै बबुरो पराइ घरको, आयो ति जम्मा भई,
चाप्लूसी तिनकै गरेर उपमा, बन्ने त कम्जोर् रही ।।१।।

पैला देश निसासियो वचन त्यो, बोल्नै नपाई धक,
मान्छेको अधिकार् सबै कुपित भै, खोस्थे जहाँ शासक ।
बारम्बार भयो सङ्घर्ष अनि पो, क्रान्तीहरू थालिए,
धोकाभो भनि ती मसाल करमा बोकेर नै बालिए ।।२।।

राजाको कर कापमा परि यहाँ, हत्या प्रजातन्त्रको,
फालौं लौ तसर्थ भनेर जनले, धावा गरे लड्नको ।
उन्नाईस् दिनतक् लडेर जनता, त्यो लोकतन्त्रै भनी ,
फाले शासन राजतन्त्र तिनले, काटेर हाँगा पनि ।।३।।

खुल्ला भैकन खोरबाट पनि बाघ् , तोडेर बन्धन् सब,
गर्ला मानिसको सखाप जसरी, उस्तै छ देश् यो अब ।
नेता शून्य विवेकले र जनता, आफू निरीहै भयो,
होला के कसरी विकास भनि, अन्जानमा नै छ यो ।।४।।

भाँड्भैलो छ जताततै शहरमा, गाऊँ र वस्तीमहाँ,
यात्रा रोज्छ युवा विदेश गमनको, बाँच्नै छ शास्ती यहाँ ।
पाउन्नन् यस देशमा युवकले, क्यै रोजगारी भने,
छाड्दै देश विदेशमा नवयुवा जानेर नै धाउने ।।५।।

क्यै छैनन् गुरुयोजना न त यहाँ, धन्दा र उद्योग भो,
हुन्थ्यौं रे जलसम्पदा खपत यै, गर्दा धनी विश्वको ।
स्वर्गैको सरि देश यो हुन गयो, थोत्रै ल सन्सारको,
राम्रो देश बनाउने मति फिरोस्, हाम्रै त सर्कारको ।।६।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x