सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

निखिलको ‘उमेरको नदी’ लोकार्पण

Nepal Telecom ad

अक्षर समूह, चितवनको आयोजनामा कवि निमेष निखिलको लामा कविताहरूको सङ्ग्रह ‘उमेरको नदी’ गत शनिबार एक कार्यक्रमका बीच कविहरू प्रेमविनोद नन्दन, श्यामल, निमेष निखिल, मनु मन्जिल र भूपिनले संयुक्त रूपमा विमोचन गरे । ‘पाठकको अदालतमा निमेष निखिल’ नाम दिइएको उक्त कार्यक्रममा ‘उमेरको नदी’माथि अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रिया कार्यक्रममा कवि ईश्वर कँडेल, समीक्षक रमेश प्रभात, कवि जेनन नेपाल लगायतले ‘उमेरको नदी’ माथिको आफ्नो पाठकीय टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
अक्षर समूहका अध्यक्ष भूपिनको सभाध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको समाप्ती पश्चात् अन्तरक्रिया कार्यक्रमलाई ‘प्यानल डिस्कसन’को स्वरुप दिइएको थियो । कवि श्यामल, मनु मन्जिल र ‘उमेरको नदी’का लेखक कवि निमेष निखिलले नेपाली कविता र विमोचित कृतिमाथि बहस गर्नुभएको ‘प्यानल डिस्कसन’लाई कवि सरिता तिवारीले सहजीकरण गर्नुभएको थियो । कवि सिर्जन अविरल र उदय अधिकारी लगायतका सहभागीहरूले ‘प्यानल डिस्कसन’ कार्यक्रममा लेखकसँग अन्तरसंवाद गरेका थिए ।
‘कविताको निर्णय सुनाउनु गाह्रो विषय रहेको’ भन्दै पाठकको अदालतमा न्यायाधीशको भूमिका निर्वाह गर्नुभएका चितवनका अग्रज साहित्यकार प्रेमविनोद नन्दनले ‘लामा कविता परम्परामा कवि निमेष निखिलको उत्साहपूर्वक स्वागत हुने कुरामा आफू विश्वस्त रहेको’ बताउनु भयो । जिल्ला बाहिरबाट आउनुभएका कवि एवम् गजलकार आर.के. अदिप्त गिरी र सि.एम. रिमालको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा चितवन र यस वरपरका कवि र लेखकहरू पनि उल्लेख्य रूपमा सहभागी थिए ।
–पेन लभर्स इन नेपाल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad