सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देख्नुसम्म देखेँ

Nepal Telecom ad

रात्री भोजको निम्तो पाई,
निम्तो मान्न जाँदा
लौन हरे नारन शिव,
के के देखेँ देखेँ ।

यहाँ,
गिल्म्यारीले नाचेको देखेँ
लौकाले कम्मर भाँचेको देखेँ
थाकलले जवानी साँचेको देखेँ
गुदरगानाको पिण्ड भित्र,
मकैबोटे कनमन्ट्याङ बाँचेको देखेँ
चुर्नाले डिस्को डिस्काको देखेँ
पाडाले क्लोजअप मुस्काको देखेँ
हुचिलले चस्मा ढल्काको देखेँ
कौवाले गाला टल्काको देखेँ
सुँगुरले दौरा भिरेको देखेँ
खई को पो दाइको,
त्यो दाइको भाइको,
भाइको नि सालाको,
सालीको दाइ पनि,
नमस्कार भन्दै छिरेको देखेँ
लौन हरे नारन शिव,
के के देखेँ देखेँ ।

अझै,
पुलाउमा मासु लुकेको देखेँ
जिब्रो आँसु सुकेको देखेँ
चिर्पटले खप्पर बजाउने भाइको
दाइ भन्दै आज दिल फुकेको देखेँ
थुतुनो बटार्ने छिमेकीहरू
निम्तिन बाटो ढुकेको देखेँ
गवाँरले अंगे्रजी पढेको देखेँ
पढेका झोलतिर बढेको देखेँ
बढ्नेलाई नशा चढेको देखेँ
चढ्नेलाई बेहोशी बढेको देखेँ
बेहोशी बढेका सडेको देखेँ
सडेका भुँइमै लडेको देखेँ
लड्नेको इज्जत गडेको साटो
झन् झन् पो धेरै बढेको देखेँ
लौन हरे नारन शिव,
के के देखेँ देखेँ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’