साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देख्नुसम्म देखेँ

Nepal Telecom ad

रात्री भोजको निम्तो पाई,
निम्तो मान्न जाँदा
लौन हरे नारन शिव,
के के देखेँ देखेँ ।

यहाँ,
गिल्म्यारीले नाचेको देखेँ
लौकाले कम्मर भाँचेको देखेँ
थाकलले जवानी साँचेको देखेँ
गुदरगानाको पिण्ड भित्र,
मकैबोटे कनमन्ट्याङ बाँचेको देखेँ
चुर्नाले डिस्को डिस्काको देखेँ
पाडाले क्लोजअप मुस्काको देखेँ
हुचिलले चस्मा ढल्काको देखेँ
कौवाले गाला टल्काको देखेँ
सुँगुरले दौरा भिरेको देखेँ
खई को पो दाइको,
त्यो दाइको भाइको,
भाइको नि सालाको,
सालीको दाइ पनि,
नमस्कार भन्दै छिरेको देखेँ
लौन हरे नारन शिव,
के के देखेँ देखेँ ।

अझै,
पुलाउमा मासु लुकेको देखेँ
जिब्रो आँसु सुकेको देखेँ
चिर्पटले खप्पर बजाउने भाइको
दाइ भन्दै आज दिल फुकेको देखेँ
थुतुनो बटार्ने छिमेकीहरू
निम्तिन बाटो ढुकेको देखेँ
गवाँरले अंगे्रजी पढेको देखेँ
पढेका झोलतिर बढेको देखेँ
बढ्नेलाई नशा चढेको देखेँ
चढ्नेलाई बेहोशी बढेको देखेँ
बेहोशी बढेका सडेको देखेँ
सडेका भुँइमै लडेको देखेँ
लड्नेको इज्जत गडेको साटो
झन् झन् पो धेरै बढेको देखेँ
लौन हरे नारन शिव,
के के देखेँ देखेँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x