साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बढ्यो, बढ्यो

Nepal Telecom ad

दलहरूलाई गलफत्ति गर्ने समय बढ्यो
सहमतिका लागि सहमति खोज्ने बाहाना बढ्यो
शान्ति, विकास, सुशासनको
जालझेल मात्रैको अध्यारो मात्रैले पुगेन रे
हुँदा खानेहरूलाई अँध्यारोमा राख्न
लोडसेडिङको समय बढ्यो ।
चुनावमा बेपारीले नेतालाई दिएको
चन्दाको बदलामा
दाल, चामल, नुन, तेलको भाउ बढ्यो
हाजिर गरेर तलव खाने
काम गर्नुपरे टेवुलमुनि हात लाने
राष्ट्रसेवकलाई
घाम ताप्ने समय बढ्यो ।
मिटिङ, विदेश, अवलोकन भन्दै
पैसा छाप्ने समय बढ्यो ।
तर हजुर, विचरा जनतालाई
खुसीको बतास लागेन
उल्टो भयो
पाल्ने चिन्ता बढ्यो
चिन्ताले तनाव बढ्यो
तनावले ब्लडप्रेसर बढ्यो
ओखतीमुलो गर्ने खर्च बढ्यो ।
रोग, भोक र गरिबीले
ज्यान लिन थालेपछि
तथ्याङ्क देखाउने अर्को मौका
गरिबीले मर्नेहरूको सङ्ख्या बढ्यो ।
सरकारी आँकडामा
अर्को उपलब्धी
देशमा गरिबी घट्यो
नेप्से बढ्यो
लोकतन्त्रको उपलब्धी
देश प्रगतिको बाटोमा चढ्यो
लौ देश अगाडि बढ्यो, बढ्यो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x