साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कागजको खेस्रा

Nepal Telecom ad

एकदिन मलाई छोराले सोध्यो, बा भैंसीले हरियो घाँस खान्छ तर दुध किन सेतो आउँछ ? अचम्मको बाल जिज्ञासा सुनेर म दङ्ग परेँ । ‘तँ सानै छस् बुझ्दैनस् बाबु’ मैले उत्तर टारेँ । अर्को दिन फेरि छोराले सोध्यो– बा, आकाशमा सानो चरी उड्छ, म किन उड्न सक्दिन ? मेरो पनि पखेंटा हाल्दिनु न म पनि उड्छु । ‘तँ ठूलो छस् बाबु उड्न सक्दैनस् ।’ मैले फेरि उत्तर टारेँ । ‘म सानो छु कि ठूलो छु हाम्रो बालाई त केही पनि थाहा रैनछ ।’ ऊ गिल्ला गर्दै हाँस्यो ।
अर्को दिन छोरो गृहकार्य गर्दै थियो तर सबै बिगारेर गर्यो । मैले भनें– ‘बाबु यो त बिग्रियो नि, यसरी गर्ने त हैन नि ।’ म जान्ने पल्टिएँ । ‘तपाईंलाई के थाहा छ र ?’ उसले प्रश्न गर्यो । ‘किन र ?’ मैले पनि प्रश्न तेर्स्याएँ । ‘तपाईं पढ्न स्कुल नै जानुहुन्न, तपाईंको किताब, कापी, कलम केही पनि छैन । नपढेको मान्छेलाई पनि होमवर्क गर्न आउँछ त ?’ म दङ्ग परें केही उत्तर दिइन । ओहो ! सानो छोराले पनि पत्याउन छोड्यो मलाई ! ! यसले मैले हलो जोतेको, भारी बोकेको, भैंसी पालेको देखेको छ । यसलाई के थाहा मेरो बाबाको एम.ए. पास गरेको सक्कली सर्टिफिकेट छ भनेर !!!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x