सुलसुलेप्रेमको बकपत्रमाथि समीक्षा
दाङ घोराही, काठमाडौं निवासी कवि शशी थापा पण्डितको नवोदित कविता सङ्ग्रह प्रेमको बकपत्रमाथि दाङमा समीक्षा कार्यक्रम गरियो ।
राप्ती साहित्य परिषद् केन्द्रीय समितिको आयोजनामा उक्त कृतिको समीक्षा गरिएको हो । दाङमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि अवधि साँस्कृतिक विकास परिषद्का अध्यक्ष जगतराम यादवले गर्नु भएको थियो । समालोचक डा. कृष्णराज डिसीले ‘नारी प्रेमका सगरमाथा हुन जसमा पुरुषहरू चढ्ने प्रयास मात्र गर्छन् तर तेन्जिङ बन्न सक्दैनन् ।’ साहित्यकार शशी थापा पण्डितको प्रेमको बकपत्र कवितासङ्ग्रहले यिनै मनोविज्ञानलाई आत्मसात गरेको छ । जसरी प्रेमकै सम्झनामा बेबिलोनको झोलन बाघ बन्यो– शाहजाँहले प्रेमिकाको सम्झनामा ताजमहल खडा गरे – राष्ट्रकवि घिमिरेले वाङमयको ताजमहल गौरी सोककाव्य निर्माण गरे – देवकोटाले मुनामदन, सुलोचना, साकुन्तल जस्ता साहित्यिक कृतिका सिर्जना गरे, त्यसै गरी समयकालिन नेपाली साहित्यिक स्रष्टा शशी थापा पण्डितले पनि प्रेमको ताजमहल ‘प्रेमको बकपत्र’ निमार्ण गर्नुभएको छ । प्रेमको बकपत्रले प्रणय चिन्तन, हार्दिकता र नारीप्रेमको इमान्दारी र आत्मियताको प्रदर्शन गरेको छ ।’
काव्यका शास्त्रीय मान्यता र काव्यिक गुण र गहनताका दृष्टिले हेर्दा यो सङ्ग्रह सार्थक र सशक्त छ भन्न सकिन्छ । यद्धपि कवयत्रिले कविता सङ्ग्रहको रूपमा यसलाई प्रस्तुत गर्नुभएको भएता पनि साहित्य शास्त्रको मान्यता अनुसार यो कृति खण्डकाव्य भन्दा फरक पर्दैन । भाषिक विचलन, शब्द चयनको चमत्कार, व्याकरणिक शुद्धता विम्ब र प्रतिकको प्रयोग, शैलीको प्राञ्जलता र विप्रलम्ब शृङ्गारिक रसको बहुलताले यो कृति अत्यन्त सारगर्वित र उत्कृष्ट कोटिको छ भन्न सकिन्छ । शव्द लङ्कार र अर्थालङ्कारको सन्तुलित संयोजनमा प्रस्तुत कृतिको निर्माण गरिएको छ ।
वहाँको आगामी साहित्यिक यात्रा उर्वर बन्नेछ भन्ने कुरामा म दृढ विश्वस्त छु ।’
यसै गरी अर्का समीक्षक सरिता देवकोटाले प्रेमका मृदु अनुभूतिलाई शशीले कलात्मक रूपमा प्रस्तुत गरेको र पढ्दा सिरिङ्थ गर्न सक्ने, आनन्द दिन सक्ने, पीडा अनुभूत गराउन सक्नु अनि पाठकका आफ्नै भोगाइ हुन् कि जस्तो भ्रम सिर्जना गर्नसक्नु यस कृतिमा कवि सफल भए कि छन् । प्रेम र बकपत्र जस्तो एक अर्कासँग विपरित प्रसङ्गलाई एउटै मालामा उन्ने काम शशीले जुन गरेकी छन् । त्यो नै यो कविता कृतिको बलियो पक्ष हो । यस भित्रका कविताहरूले एकले अर्काे बाध्ने काम गरेका छन् । उनको आफ्नै मौलिक शैली र नयाँ प्रयोगले कविता पढ्दा मिठो अनुभूति हुन्छ । शब्दका प्रयोगले पनि यस भित्रका कविताहरू उत्कृष्ट छन् । कतिपय कवितामा भाव उस्तै लागे पनि शव्दका प्रयोग कतै नदोहोरिनु पनि कविताको सवल पक्ष हो ।’
कार्यक्रममा स्रष्टा शशी थापा पण्डितले दाङमा आफ्नो कृतिको समीक्षा कार्यक्रम गर्न पाउँदा निकै खुसी भएको बताउनुभयो ।
परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन साहित्यकार आदिम केसी र कमलमणि देवकोटाले गर्नुभएको थियो । उक्त समीक्षा कार्यक्रम परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रेमको वकपत्र ‘नेपाल चीन मैत्री फोरम’ र चीनमा रहेको नेपाली राजदुतावासको संयुक्त मञ्चले वेइजिङमा लोकार्पण गरेको थियो भने यस अघि पोखरामा अलि मियाँ लोकवाङमय प्रतिष्ठान, काठमाडौंमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा अन्तरक्रिया कार्यक्ररम गरिएको थियो । उक्त कृतिमा ४७ वटा कविता समावेश भएका छन् ।
Subscribe
Login
0 Comments
Oldest












































