साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कट्टु फुकाल !

Nepal Telecom ad

विघटन अब गर्छन्, ‘पाङदुरे’ भो ‘सभा’ नै
जनमत हत गर्ने, हाम्जुरे भो ‘सभा’ नै ।
नव–नियम विधानै, लेख्न जल्ले सकेन
जन–कर अब घिच्दै, देश लुट्नै भएन ।।१।।

कति दिन रमिते हो, गाईजात्रा चलाई
मुलुकभर सबैमा, कोर्दछौ रे सलाई ।
सहमति गति देख्यौ, भ्रष्ट पापी लुटेरा
मन मगज सबैका, दुस्ट रापी र डेरा ।।२।।

नभन प्रगतिगामी, घोर हौ पश्चगामी
नभन जन–बिहानी, घोर हौ रात्रिगामी ।
विघटन अब गर्छन्, ‘फन्टुसे’ भो ‘सभा’ नै
जनमत हत गर्ने, ‘बाँदरे’ भो ‘सभा’ नै ।।३।।

अब त अति भयो है, खप्न सक्दैन जन्ता
छलफल अब छोडी, बोक झोली र तुम्बा ।
बगलिभर छुरा ली, जप्दछौ राम राम
सुँगुर उडुस ब्वासा, ढेडुवा हौ हराम ।।४।।

परिजन अनि नाता, चाकरीबाज हेरी
पद तह सब बाँड्ने, युध्दवीरै नटेरी ।
फुट गुट लुट गर्ने, एकतन्त्री मुराद
जनमत अब भन्छन्, झट्ट कट्टु फुकाल ।।५।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x