साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँबुखैरेनीमा काव्यशिविर

Nepal Telecom ad

आँबुखैरेनी स्रष्टा समाज, तनहुँको आयोजना र काव्यशिविर, काठमाडौंको संयोजनमा यही मङ्सिर ६ गते शनिवार तनहुँको आँबुखैरेनीमा काव्यशिविरको १३ औँ शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा तनहुँ, गोरखा, लमजुङ, कास्की, चितवन, मकवानपुर र काठमाडौंबाट आएका स्रष्टहरू र स्थानीय संघसस्थाका बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको पहिलो सत्र काव्यलहरबाट शुरु गरिएको थियो । काव्यलहरमा गोरखाका नारायणप्रसाद पोखरेल, सुरेन्द्र देवकोटा, कृष्ण महत, तनहुँका अनिल श्रेष्ठ, भरतबाबु ढकाल लमजुङका वासुदेव थापा, कमला केसी, वसन्त अधिकारी चितवनका सरिता तिवारी, ईन्द्र रेग्मी, पोषराज पौडेल, मोदनाथ मरहट्टा, रह शर्मा, हरिहर सविता, कास्कीका मदन भण्डारी, मकवानपुरका अनिता न्यौपाने र काव्यशिविर, काठमाण्डौका अभियन्ताहरू विष्णु भण्डारी, कला अनुरागी, विश्व सिग्देल, माधव धिमिरे अटल, प्रोल्हास सिन्धुलीय, राजु स्याङताङ्, केवल विनामी, प्रथा लगायतका ४० कविहरूले अआफ्ना कविता पाठ गरेका थिए ।

दोस्रो सत्र ‘समकालीन नेपाली कवितामा सांस्कृतिक सचेतता’ विषयक अन्तरसंवादमाथि वक्ताहरू विष्णु भण्डारी, सरिता तिवारी र सुरेन्द्र देवकोटाले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए भने सहभागी स्रष्टाहरूले आफ्ना टिप्पणी राखेका थिए ।

कार्यक्रम समापनपछि साहित्यकारहरूले आँबुखैरेनीमा रहेका आँबुखैरेनी नमूना खानेपानी आयोजना, ऐतिहासिक रामशाह दोभान, मर्स्या्ङदी र दरौदी नदीको सङ्गम स्थल, गोरखकाली रबर उद्योग, शिवमन्दिर परिसर लगायतका प्राकृतिक, धार्मिक र साँस्कृतिक स्थलहरूको अवलोकन गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x