साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हडताल गरौँ

Nepal Telecom ad

दश सीट छ यात्रु पचास भरौँ
तर शुल्क त दोबरसम्म गरौँ
अनि दौडनमा अघिपट्टि परौँ
यदि हुन्न भने हडताल गरौँ ।।

जति वाहन छन् त्यसमा नथपौँ
जति चालक छन् त्यसमा नबढौँ
सहचालकले पनि चाल चलौँ
यदि हुन्न भने हडताल गरौँ ।।

क्षमता यदि तोक्छ त तोकिरहुन्
तर भार त दोबर बोकिरहून्
सयसम्म गरेछ त दण्ड तिरौँ
यदि हुन्न भने हडताल गरौँ ।।

सुनमा पनि पित्तल हाल्न मिलोस्
कम तौल गरे पनि ठिक्क बनोस्
यति माग सुनार मिलेर गरौं
यदि हुन्न भने हडताल गरौं ।।

हुन सक्छ त जाच दिनै नपरोस्
यदि पर्छ त चीट उतार्न मिलोस्
यदि उत्तर किन्नु परेछ किनौँ
यदि हुन्न भने हडताल गरौँ ।।

मटितेल मिसाउनु डीजलमा
ढलको मल पाइपको जलमा
फल औषधिले परिपाक गरौँ
यदि हुन्न भने हडताल गरौँ ।।

सबको अब पाचनशक्ति घट्यो
अनि दूध पचाउन मुश्किल भो
जलयोग गरेर सुपाच्य गरौँ
यदि हुन्न भने हडताल गरौँ ।।

अलि गाँठ कमाउन जानु पर्यो
कुन घाट छ बेस नियाल्नु पर्यो
सरुवा बढुवा दिनुहोस् न भनौँ
यदि हुन्न भने हडताल गरौँ ।।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x